बैद्य समुहको सहयोगले कांग्रेस ठूलो पार्टी :बिजुक्छे

नारायणमान बिजुक्छेले नेकपा माओवादी कार्यकर्ताको भोटले कांग्रेस अहिले ठूलो पार्टीको रुपमा देखा परेको बताएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसलाई चुनाबको समयमा बैद्य समुहले ठुलो सहयोग गरेको दाबी गरेका छन् । जसको कारण कांग्रेसले यति धेरै सिट ल्याउन सकेको बताए ।
यस्तौ उनले बिदेशी चलखेलले आफ्नो पार्टी भक्तपुरको क्षेत्र नम्बर २ मा नेमकिपा हार बेहोरेको बताएका छन् ।
अहिले देशमा विदेशी प्रभुको नियम अनुसार चलेकोले नेपालको सार्वभौमिकता धरापमा परेको उनको भनाई छ ।
प्रकाशित मिति:
November 28, 2013