नाम एउटै भएपछि द्धन्द्धपिडितिको राहत अर्कैले लगे
दिप बहादुर घर्ति/जाजरकोट
मंसीर २५ । जाजरकोट जिल्ला प्रशासन कार्यालयमा द्धन्द्धपिडितको घाइते/अपाङ्गगको राहत आएपछि त्यो राहत अर्कैले बुझेको खुलासा भएको छ ।
जिल्लाको लहाँ गाविस वडा नम्बर ७ का मन वहादुर खत्रीको नाममा आएको अपाङ्गगताको २० प्रतिसत ४० हजार रुपैया राहत २७ वर्षीय मन वहादुर खत्रीले बुझेको खुल्न आएको छ ।
स्थानियले दिएका जानकारी अनुसार राहत आएका मन वहादुरको ३ वर्ष २ महिना अघि ज्यान गईसकेको छ । २०६७ सालमा मनहादुर को मृत्यू भएका खत्रीको नाममा आएको रकम लापरवाही गरेर वाँड्दा नक्कली व्यक्तीको हातमा राहत रकम परेको हो । विष्णुलाल खत्रीका छोरा मन वहादुर खत्रीको नाममा आएको सो द्धन्द्धपिडित राहत रकम नागरिकता नम्वर ६२११६४ भएका उनको नक्कली कागज पेश गरेर वुझेको पिडितका छोरा शान्त वहादुर खत्रीले वताए । शान्ति मन्त्रालयले स्थानिय शान्ति समितिको र जिल्ला प्रशासनको रोहवरमा उपलव्ध गराउने गर्दछ । यी दुवै कार्यालयको सिफारिसमा केही दिन अघि मन वहादुर खत्रीले बुझेर लिएको लेखापाल रमेश धमलाले बताए ।
लहाँ गाविसका गाविस सचिव दिपक विकले द्धन्द्धकालमा पिडित भएको आफुले सिफारिस गरेको वताए । नाम र ठेगाना मिलेकै कारण सो रकम अर्कैको हातमा परेको सहायक प्रमूख जिल्ला अधिकारी हरी प्रसाद शर्माले बताए ।
शान्ति मन्त्रालयले तिन पुस्ते विवरण खुलाएर नपठाउदा यस्ता खाले समस्य आउने गरेको शर्माको भनाई छ । राहत वुझेका व्यक्तीवाट तत्काल पैसा फिता ल्याएर आवश्यक कारवाई अगाडी वढाईने सहायक शर्माले बताए । जिल्लामा द्धन्द्धका कारण अपाग भएका १ हजार ७ सय मध्ये २ सय ५० जना अपागले मात्र राहत पाएको स्थानिय शान्ति समितिका अध्यक्ष प्रताव जैसीले बताए ।
प्रकाशित मिति:
December 10, 2013