कतारबाट चार सय नेपाली कामदार स्वदेश फर्काइदै

तोकिए भन्दा न्यून पारिश्रमिक दिइएको भन्दै आन्दोलन गरेका नेपाली कामदारलाई कतार सरकारले फिर्ता पठाउन लागेको छ ।
हडतालमा उत्रिएका कामदार लाई प्रहरीले प्रक्राउ गरी उनीहरु लाई कतारको न्यू सहेलियास्थित भुरुभूमि नजिक क्याम्पमा राखिएको छ । उनीहरुलाई नेपाल पठाउन तयारी भइरेहको बताइएको छ ।
घर पर्काइन लागिएको नेपाली कामदार एक्सबोल्वोरालो नामक कम्पनीमा ६ महिनादेखि १४ वर्षसम्म काम गरिरहेका थिए । कामादारको एग्रिमेन्ट अनुसार तलब सुबिधा नदिएको र तोकिएको भन्दा धेरै काममा लगाएको रखानसमेत नदिइएको नेपाली कामदरले बताएका छन् ।
सरकारले तोकेको न्युनतम मासिक तलब ९ सय र खानामा ३ सय गरी १२ सय रियाल हुनुपर्नेमा तवल ४ सय मात्र दिएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको नेपाली कामदारहरुले बताएका छन् ।
प्रकाशित मिति:
December 11, 2013