• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » सभाषद चयनपछि देवेन्द्र पौडेलले यसरी पोखे आफूभित्रको तिक्तता
सभाषद चयनपछि देवेन्द्र पौडेलले यसरी पोखे आफूभित्रको तिक्तता

पुस १६ । देवेन्द्र पौडेल एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य हुन् । सभाषद चयनमा नेताहरुले संकीर्णता प्रस्तुत गरेपछि उनी भने निक्कै दुःखी बनेको पाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मृत भावनाका गु्न्जेका सपनाहरु भन्दै पार्टीको कडा आलोचना गरेका छन् । पार्टीले त्याग बलिदानी तथा शहिद बेपत्ता तथा घाइते परिवारका सपनाहरु खुल्चिएको तिर जोड दिंदै उनले निक्कै दुःख र आक्रोश पोखेका छन् । जुन यस्तो छः

मृत भावनाका गु्न्जेका सपनाहरु
मार्क्सवाद – लेनिनवाद– माओवादको विचार दर्शनलाई जीवन मरणको सवाल बनाउँदै अन्याय, अत्याचार, शोषण र दमनको सिक्रीबाट मुक्त पार्न महान सपना सहित नेपाली श्रमिक, उत्पीडित वर्गलाई आन्दोलनमा सहभागी बनाईयो । योद्धाहरुले मृत्युलाई पर्वाह गरेनन् , बरु छातीमा गोली थापेर रगतका आँशु पिउदै मृत्युवरण गर्न तयार भए । पाखा पखेरी, भीर खोला र जंगलमा मृत्युवरण गरेका अभियन्ताहरुका हाडखोर र अस्तहरु अझै बाँकी छनु ।

माओवादी आन्दोलन प्रति विमति राख्नेहरु प्रति केही भन्नु छैन । तर सोही आन्दोलनमा सहभागी भएर चिहान पुगेका मृत भावनाहरुको प्रश्न जनता मार्फत गुन्जीरहेको छ । प्रचण्ड– बावुराम– किरण– बादलहरु किन फुटेको ? किन लुछाचुडी गरेको, किन गुट – उपगुट र खोपी गुठहरुमा झिक्रे गुँड लगाएर एक अर्कामा आँखा तरेको ? कहाँ हरायो तपाईहरुको संसार बदल्ने विचार श्रृंखला ? माओवादी आन्दोलनमा सक्रिय सहभागी भएको सिपाहीको हैसियतले जनताको यो प्रश्नप्रति मेरो पनि हार्दिक ऐक्यबद्धता ।

चारैतिरबाट आन्दोलन माथि हमला भईरहेको बेलामा गुट, उपगुट, टुट, फुट र कुनाकोटरीहरुमा मात्रै रमाउने हो भने माओवादी आन्दोलनका अभियन्ताहरुको भविष्य झनै अन्धकारमा हराउँदै जानेछ र मृत भावनाका गुन्जेका सपनाहरु पनि हावा हुरीले उडाउनेछ । समयमा नै वुद्धि पलाओस् ।

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |