प्रचण्ड र भारतीय जासुसको सम्बन्धबारे पोलिब्युरो बैठकमा गुन्जन
पुस १६ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जासुस संस्था रअसँग पटक पटक भेटेको भन्दै पोलिटब्यूरो बैठकमा गुन्जिएको छ ।
बैठकमा रअसँग उठबस गरेर पार्टी सिद्धिएको भन्दै चर्को आलोचना मात्रै खेप्नु परेन । पटक पटक भेट्नुको कारण समेत मागिएको छ ।
‘रअ्सित उठबस नगरौं, बेसी भो, हुन्न भनेर मैले बारम्बार भनें तर अध्यक्षले सुन्नुभएन’, नेता नारायणकाजी श्रेष्ठले सबै पूर्वपोलिटब्युरो सदस्य उपस्थित बैठकमा दाहालमाथि आक्रोश पोखे। उनले रअ्सँग अध्यक्ष दाहालको उठबसले पार्टीलाई क्षति पुगेको र जति प्रयास गरे पनि उनले यसलाई नसच्याएको आरोपसमेत लगाएरअ्सँगको नियमित उठबस कायमै राख्ने हो भने अध्यक्षविरुद्ध संघर्ष नै गर्ने मनस्थिति बनाएको घोषणा पनि श्रेष्ठले गरे।
रअ्सँगको नियमित उठबस कायमै राख्ने हो भने अध्यक्षविरुद्ध संघर्ष नै गर्ने मनस्थिति बनाएको घोषणा पनि श्रेष्ठले गरे।
श्रेष्ठपछिका वक्ता भट्टराईले अन्तरिम सरकार गठन नहुँदा पार्टीलाई क्षति पुगेको बताए। उनले प्रधानन्यायाधीशलाई सरकार बनाउन दिनु गल्ती भएको भन्दै पार्टी कमजोर हुनुको दोष अध्यक्ष दाहालतिर सोझ्याएका थिए ।
भट्टराई र श्रेष्ठअघि अघि पोस्टबहादुर बोगटीले पनि अप्रत्यक्ष रूपमा दाहाललाई नै प्रहार गरेको खबरमा उल्लेख छ ।
पार्टीले वर्गसंघर्ष र वर्गीय दृष्टिकोण छाडेको, नेताहरूले आफ्नो वर्ग छाडेको भन्दै उनले मध्यम वर्गले आफूहरूलाई विश्वास नगरेको र तल्लो वर्गलाई पार्टीले छाडेका कारण समस्या आएको बताएका थिए।
प्रकाशित मिति:
December 31, 2013