• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News, आर्थिक समाचार » निगमले पेट्रोलियमको मूल्य बढाउने कार्ड फाल्यो
निगमले पेट्रोलियमको मूल्य बढाउने कार्ड फाल्यो

पुस १२ । अन्तर्राष्ट्रिय बजारमा ग्याँस र डिजलको मूल्य बढेपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत दिएको छ ।

निगमले हालसम्मको ऋण मिनाहा र मूल्य समायोजन नगरिए पेट्रोलियम पदार्थको कारोबार गर्न नसक्ने जनाउनुले अब मूल्य वृद्धि गर्न लागेको भन्ने बुझिन आएको हो ।

खाना पकाउने ग्याँस र डिजेलमा अत्याधिक घाटा भएको भन्दै निगमले मुल्य बढाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

आगामी जनवरीमा महिनामा प्रतिसिलिण्डर ग्याँसमा सातसय ५५ र प्रतिलिटर डिजेलमा १० रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।

निगमले आज राजधानीमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय बजारमा खाना पकाउने ग्यास र डिजेलको भाउ बढ्दै गएको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो ।

हालसम्म ३३ अर्ब ६६ करोड रुपैयाँ ऋण लागेको र सो ऋण मिनाहा नभए खर्च धान्न मुश्किल हुने निगमले जनाएको छ ।

हाल ग्यासमा प्रति सिलिण्डलर ७ सय ५५ रुपैयाँ र डिजेलमा प्रतिलिटर ११ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: December 27, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |