• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » आमा समूहले गरे जुवातास खेल्न प्रतिबन्ध
आमा समूहले गरे जुवातास खेल्न प्रतिबन्ध

पुस १२ । लमजुङको करापु गाउँ विकास समिति–५ लामागाउँका आमा समूहले गाउँमा जुवातास खेल्न खेलाउन प्रतिबन्ध लगाएको छ।

युवालाई कुलतबाट जोगाई सिर्जनशील काममा लाग्न प्रेरणा जगाउने उद्देश्यले स्थानीय जन विकास आमा समूहले यस्तो प्रतिबन्ध लगाएको हो। गाउँघरका युवा काम छोडेर जुवातास, क्यारमबोर्ड, लँुडोलगायतका खेलमा व्यस्त हुन थालेपछि स्थानीय आमा समूहले अभियानकै रूपमा यस्तो प्रतिबन्ध लगाएको स्थानीय समाजसेवी आशा गुरुङले बताइन।

आमा समूहले बैठकै बसेर जुवातास, लुँडो तथा क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाएको हो। सिर्जनशील काममा लाग्नुपर्ने बेलामा यस्तो कुलतमा फसेपछि गाउँघरमा विकृति छाएको महसुस गरी यस्तो निर्णय गरिएको गुरुङले बताउनुभयो। यस निर्णयलाई कडाइका साथ लागू गराउन आमा समूहले विभिन्न नियम पनि बनाएको छ।

३आमा समूहको निर्णयविपरीत जुवातास, क्यारमबोर्ड तथा लुँडो खेलेर समय बर्बाद गर्नेहरूलाई जरिवानाको व्यवस्था पनि गरिएको आमा समूहको पूर्वसचिवसमेत रहेकी गुरुङले बताइन। उनका अनुसार निर्णय अटेर गरी जुवातास खेल्ने प्रत्येकलाई ५०० रुपैयाँ जरिवाना तोकिएको छ।

उमेर पुगेका युवाका साथै विद्यालयमा पढ्दै गरेका बालबालिकासमेत यो कुलतमा फस्न लागेपछि आमा समूहले यस्तो निर्णय गरेको हो। गुरुङले भनिन,– “फुर्सदको समयमा क्यारमबोर्ड खेल्नु त ठीकै हो तर विद्यालय जानै छोडेर विद्यार्थीहरू खेल्न थालेपछि क्यारमबोर्ड खेल्न पनि रोक लगाउनु परेको हो।”

यसका लागि गाउँमा आमा समूहले सार्वजनिक सूचना नै जारी गरेको छ। गाउँका विभिन्न टोलटोलमा यससम्बन्धी सूचना लेखेर टाँसिएको छ। समूहले बैठक बसी यस्ता क्रियाकलाप गर्नेलाई कारबाहीस्वरुप जरिवाना तोकेको छ। आमा समूहले आफ्नो निर्णयबारे गाउँका सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदै निर्णय कार्यान्वयनमा सघाउन अनुरोध पनि गरेको छ।

लमजुङका विभिन्न स्थानमा महिलाले विभिन्न विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै आएका छन्। पछिल्लो समयमा पूर्वी लमजुङको चक्रतीर्थका महिलाहरूले जुवातास र मादक पदार्थकाविरुद्ध यस्तै अभियान सञ्चालन गरेका थिए। आमा समूहको यो अभियानले आंशिक सफलता पाए पनि पूरै सफलता प्राप्त हुन सकेको छैन। रासस

प्रकाशित मिति: December 27, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |