• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » दुर्घटनासँगै मृत्युको मुखदेखि वाटर एडसम्म हसिली 'अमृता'
दुर्घटनासँगै मृत्युको मुखदेखि वाटर एडसम्म हसिली 'अमृता'


बुद्धशरण

काठमाडौं, पुस । हसिलो मुहार, मनदेखि तनसम्म नै केही गरौं भन्ने उद्देश्यले भरिभराउ 'अमृता' २१ वर्ष अघि भारतको लखनौंबाट स्वदेश फर्कदैं थिइन् ।

तर उनका लागि त्यो क्षण जिन्दगीभरको दुःखत पल बन्न पुग्यो । उक्त क्रममा उनले आफ्ना परिवारलाई समेत दुर्घटनामा गुमाउन बाध्य भइन् भने परिवारको निधनसँगै उनी भने सँधैका लागि अपाङ्ग हुन पुगिन् ।

दुर्घटनामा अपाङ्ग भएपनि परिवारका अन्य नातेदारको सहयोगका साथ उनी जिवनबाट कहिल्यै हारिनन् । त्यसैले त आजभोलि उनी निजि संस्था वाटर एड नामक संस्थामा रोजगारका रुपमा आवद्ध समेत छिन् ।

'यस कम्पनीका सबै सहयोगी छन् अझ राम्रो काम र पढाईमा त सबैले सहयोग गर्छन' अमृता आफ्ना भावनाहरु यसरी नै सुनाउछिन् । जीवनलाई संघर्ष ठान्ने अमृता हाल बिबिएसमा अध्यनरत छिन् । उनी भन्छिन- 'मेरो शरिर अपाङ्ग भएपनि म स्वरोजगार छु, मेरो सबै काम म आफै गर्छु,एक्लै बस्छु, मलाई सबैले मन पराउँछन ।'

दुर्घटनासँगै मृत्युको मुखदेखि वाटर एडको जागिरका साथसाथै बिबिएससम्म आफ्नो अध्ययनलाई सँगसँगै लिएर अघि बढीरहेकी हसिली अमृता अरु अपाङ्गता भएकाहरुलाई सहयोग गर्न खुबै रुचाउछिन् । उनी भन्छिन् 'म अरु अपाङ्गता भएकाहरुलाई सहयोग गर्न चाहन्छु, ता कि उनीहरु पनि सवल र सक्षम हुन सकुन् ।'

प्रकाशित मिति: December 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |