पौडेललाई गिरफ्तार गर्नु भन्दा मलाई गिरफ्तार गर :भट्टराई

भट्टराईले सामाजिक सञजाल फेसबुक र टुइटर माफर्त यस्तो अभिव्यक्ति दिएका छन् ।
२०५२ फागुन १ गते देखि २०६३ मंसीर ५ गतेसम्मका सबै त्यस्ता मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने स्पष्ट छँदाछदै केही शान्ति र मेलमिलाप विरोधी तत्वहरुको उक्साहटमा आएर वर्तमान सरकारले यस्तो हर्कत गर्नु सर्वथा निन्दनीय भएको बताएका छन् ।
बाबुरामभट्टराईले फेसबुकमा उनले लेखेको स्टाटस्

मेलमिलाप आयोग(TRC) को परिधिभित्र पर्ने स्पष्ट छँदाछदै केही शान्ति र मेलमिलाप विरोधी तत्वहरुको उक्साहटमा आएर वर्तमान सरकारले यस्तो हर्कत गर्नु सर्वथा निन्दनीय छ ।
कसैले दुर्नियतपूर्ण ढंगले भोकहड्ताल गर्यो भन्दैमा TRC गठन गर्नुको साटो यसरी मुद्दा चलाउन थाल्ने हो भने द्वन्दकालमा दुवै पक्षद्वारा मारिएका र वेपत्ता पारिएका १७ हजार परिवारले भोकहड्ताल गरे भने के गर्ने ? त्यसपछि के शान्तिप्रक्रिया बाँकि रहन्छ ? TRC मार्फत शान्ति र मेलमिलाप कायम गर्ने कि प्राचीन कालको ' आँखाको बदला आँखा र दाँतको बदला दाँत' को जंगली सिध्दान्त अपनाउने ?
त्यसैले हामी वर्तमान सरकारलाई पहिले सहमति भए बमोजिम TRC तुरुन्त गठन गरेर सबै द्वन्दकालीन मुद्दाको एकसाथ टुंगो लगाउन आग्रह गर्दछौं । अन्यथा तत्कालीन ' संयुक्त क्रान्तिकारी जनपरिषद्' अर्थात् समानान्तर सरकारको प्रमुखको हैसियतले मलाई गिरफ्तार गरेर मुद्दा चलाउन चुनौति दिन चाहन्छौं ।
प्रकाशित मिति:
December 08, 2013