• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » संविधान सहमतिबाट नभए बहुमतबाट – वरिष्ठ नेता देउवा
संविधान सहमतिबाट नभए बहुमतबाट – वरिष्ठ नेता देउवा


काठमाडौँ पुस ११ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा (एमाले), एनेकपा माओवादी, मधेसवादीलगायतका सबै राजनीतिक दलको भावना समेटेर सहमतिको दस्तावेजका रुपमा संविधान बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 
“सबैको भावना समेटेर सहमतिको दस्तावेजका रुपमा संविधान बनाउनुपर्छ, सहमति हुन नसके दुई तिहाइ बहुमतका आधारमा बनाउनुपर्ने बाध्यता हुन सक्छ,” स्वतन्त्र विद्यार्थी युनियन शंकरदेव क्याम्पसद्वारा आज राजधानीमा आयोजित विचार गोष्ठीमा वरिष्ठ नेता देउवाले भन्नुभयो ।
काँग्रेसको बहुमत आउन नसक्दा अघिल्लो पटक संविधान बन्न नसकेको तर अहिले काँग्रेस नेतृत्वदायी भूमिकामा रहेकाले अरुलाई दोष लगाउने ठाउँ छैन भन्दै नेता देउवाले आवधिक निर्वाचन, शक्ति पृथकीकरण, मानवअधिकार, प्रेस स्वतन्त्रता, विचार स्वतन्त्रतालगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा भने संविधान बनाउँदा कसैसँग सम्झौता नगर्ने बताउनुभयो । 
“काँग्रेस संघीयताप्रति प्रतिबद्ध छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक मूल्य, मान्यतामा कसैसँग सम्झौता गरिँदैन,” वरिष्ठ नेता देउवाले भन्नुभयो । उहाँले एक वर्षभित्रै संविधान बनाएर शान्ति, राजनीतिक स्थिरता र प्राकृतिक स्रोतसाधनको उपयोग गरेर आर्थिक क्रियाकलापसँगै समृद्ध नयाँ नेपाल निर्माणको काममा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
‘संविधानसभा, लोकतान्त्रिक संविधान, समृद्ध नेपाल र नेपाली काँग्रेस’ विषयक सो विचार गोष्ठीमा केन्द्रीय सदस्यहरु बलहादुर केसी र मीन विश्वकर्मा लगायतका वक्ताले पनि दलहरुको सहमतिमा तोकिएको समयमै संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वरिष्ठ नेता देउवा समक्ष यथाशीघ्र नेविसंघको महाधिवेशन माग गर्दै विद्यार्थी नेताले ज्ञापनपत्र बुझाएका थिए । रासस

प्रकाशित मिति: December 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |