• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अपमान सहन नसकेपछि शिक्षकको मृत्यु
अपमान सहन नसकेपछि शिक्षकको मृत्यु


  गुल्मी पुस ११। मृत अवस्थामा भेटिएका गुल्मी थोर्गाका एक शिक्षकको मृत्यु आफूले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि मदिरा सेवन गर्दा भएको अनुसन्धानबाट खुलेको छ । सोमबार राति विद्यालय नजिकै मृत अवस्थामा फेला परेका राष्ट्रिय माध्यमिक विद्यालय थोर्गाका विज्ञान शिक्षक निर्मल ज्ञवालीको मृत्यु अपमान सहन नसकेपछि गरेको मदिरा सेवनका कारण भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो कक्षा ७ मा अध्ययन गर्ने छात्राले आफूलाई शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । छात्राले उक्त आरोप लगाएपछि सोमबार दिनभर विद्यालयमा तनाव सिर्जना भएको थियो । विद्यार्थीले त्यस्तो शिक्षकलाई कारबाही गर्न विद्यालय व्यवस्थापन समिति समक्ष माग गरेका थिए । आफूमाथि गलत आरोप लगाइएको भन्दै विद्यालयबाट बाहिरिएका शिक्षक ज्ञवालीले विद्यालय नजिकैको होटलमा ‘सिक्वेन्स’ नामक मदिरा दिउँसोदेखि नै सेवन गरेको र उच्च रक्तचापका समेत बिरामी भएकाले त्यसकै कारण उहाँको मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।

शिक्षक ज्ञवालीको विद्यालय व्यवस्थापन समितिसँग समेत लामो समयदेखि विवाद हुँदै आएको थियो । होटल नजिकै मृत अवस्थामा फेला परेको र दिउँसो विद्यालयमा तनावसमेत सिर्जना भएकाले स्थानीयवासीले अरु नै आशङ्का गरेको भए पनि शव परीक्षणमा यस्तो कुनै समस्या नदेखिएको निमित्त प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । स्रोतका अनुसार उहाँको दिमागमा अत्यधिक रगत जमेर मृत्यु भएको देखिएको छ । विज्ञान विषयमा स्नातकोत्तर ज्ञवालीले आठ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो । रासस

प्रकाशित मिति: December 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |