• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » समानुपातिक सभाषद छान्न दलहरुलाई चटारो
समानुपातिक सभाषद छान्न दलहरुलाई चटारो

स ११ । निर्वाचन आयोगले तेस्रो पटक पाँच दिनका लागि समानुपातिक सभाषद सुचि बुझाउने म्याद थप गरिदिएसँगै दलहरु सभाषद छान्न जुटेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीसहित मधेसी दलहरु सभाषद छान्न छलफलमा जुटेका हुन् । नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेको र संसदीय समितिको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने तयारी थालेको छ ।

यता, हिजैदेखि काठमाडौंको गोकर्ण रिसोर्टमा आवासीय छलफलमा जुटेको एमालेले आज पनि छलफल जारी राखेको छ ।

समानुपातिक सभाषद सुचि नै नबुझाउने बताउँदै आएको एकीकृत नेकपा माओवादी पनि आन्तरिक छलफलमा जुटेको छ । दलहरुबीच चार बुँदे सहमति पछि एमाओवादी पनि सभाषद चयन गर्न जुटेको हो ।दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेर सभासद् छान्ने तयारी एकीकृत नेकपा माओवादीको छ ।

त्यस्तै मधेसवादी दल पनि विहानैदेखि सभासद् छान्न लागि परेका छन् ।

पार्टी भित्रको गुटउपगुटका कारण दलहरुसभाषद चयन गर्न अप्ठ्यारोमा परेका छन् ।

प्रकाशित मिति: December 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |