सार्क स्थापना दिवस मनाइदै
मंसिर २३ । डिसेम्बर ८ अर्थात, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना भएको दिन ।
विभिन्न कार्यक्रम गरी आज सार्कको २९ औ स्थापना दिवस मनाइदैछ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोगको लागी सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको संगठन अहिले २९ वर्षमा प्रबेश गरेको छ ।
सुरु गर्दा नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानले सहभागी भएका थिए । सन् २००५ देखि अफगानिस्तान पनि सार्कको सदस्य थपिएपछि सो सङ्ख्या आठ पुगेको छ

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गरिएको थियो । जसमा नेपाल, बङ्गालादेश, भूटान, भारत, मालदिभ्स, , पाकिस्तान र श्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए।
जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौंमा सार्क सचिवालयको स्थापना गरिएको थियो ।
प्रकाशित मिति:
December 08, 2013