• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » ७ वर्षीया बिरामीबाट जुस पिउँदै डा. केसीले तोडे अनसन
७ वर्षीया बिरामीबाट जुस पिउँदै डा. केसीले तोडे अनसन

काठमाडौं, १० माघ । आफ्ना माग पूरा हुने भएपछि १४ दिनपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

उपचारको लागि शिक्षण अस्पताल पुगेकी भक्तपुरकी ७ बर्षीया बालिका एलिसा थापाबाट जुस पिउँदै केसीले आज बिहान अनसन अन्त्य गरेका हुन् । केसीले आफ्नो तीनबुँदै बटमलाइन पूरा हुने भएपछि अनसन तोडेका हुन् ।

डा. केसी त्रिवि कार्याकारी परिषद्ले त्रिवि शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानमा नयाँ डिन शशि शर्मालाई नियुक्त गरिएपछि अनसनमा थिए । केसीको माग बमोजिम त्रिविले शर्मालाई बर्खास्त गरिसकेको छ ।

सरकारले केसीका माग पूरा गर्न गठन गरेको टोली र केसीबीच गएराति सहमति भएको थियो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा राजिनामा दिएका सायमीको पुर्नवहाली वा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्ति गर्ने, देशमा आवश्यक पर्ने मेडिकल कलेजबारे नीति बनाएर त्यही अनुसार प्रक्रिया पुर्‍याएर मात्रै नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने र संस्थानलाई स्वायत्त विश्वबिद्यालयको रुपमा विकास गर्न अध्ययनका लागि गठित कार्यदलको प्रतिबेदनको आधारमा अघि बढ्ने सहमति भएसँगै केसीले अनसन तोडेका हुन् ।

प्रकाशित मिति: January 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |