• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Ghumfir, Main News, घुमफिर » १४ सय वर्ष अगाडीको धाराको अस्तित्व नै खतरामा
१४ सय वर्ष अगाडीको धाराको अस्तित्व नै खतरामा

बुद्ध शरण
काठमाडौं । १४ सय वर्ष भन्दा पनि अगाडी निर्मित हाल बुढानिलकण्ठमा रहेको यो मुर्ति धेरै समयसम्म काठमाडौको लगन टोलमा रहेको र पछि मात्रै बुढानिलकण्ठ लगिएको पाइएको छ ।

लिच्छवी राजा नरेन्द्र देवको शासनकालमा मुर्ति उपत्यकाको दच्क्शिणी क्षेत्र हात्ती वन देखि त्यस स्थानसम्म ल्याई पुर्याउने खोकनावासीहरुलाई सधन्यवाद सहित राजलोमा लिई आएको कर तथा चादीका आभूषण लाउन छुट दिएको भनी सिलालेखामा उल्लेख गरेको पाइन्छ ।

सो मुर्ति रहेको स्थानलार्इ दक्षिण कोलिग्राम पनि भनेर चिनिने गरिन्छ । उक्त समयमा शासन व्यवस्था समेत यो मूर्ति रहेको ठाउँ परिसरमा अवस्थित दरबारबाटै संचालन हुने गरेको समेत पाइएको छ । धेरै समय पछि यस मुर्ति सो स्थानबाट हालको शिवपुरी वन नजिक लगिएको र बालुवा नै बालुवा रहेको सो स्थानमा मुर्ति पुरिएको बताइएको छ । तर धेरै वर्ष पछि मल्लकालमा सोहि मुर्ति एउटा किशानले कोदाली खन्ने क्रममा फेला पारेर हाल सोही स्थानमा बढानिलकण्ठ मुर्ति रहेको छ । पहिले यस मुर्ति रहेको स्थान दक्षिण कोलि ग्राममा रहेको त्यस बेलाको २ वटा नरेन्द्र देवको शिलालेख अझै पनि पाउन सकिन्छ भने ३ वटा  ढुंगेधाराबाट अझै  पनि निरन्तर बगी नै रहेको देख्न सकिन्छ ।

यस धारामा लिच्छवी राजकुमारी भृकुटीले समेत नुहाएको बताइने गरिएको छ । तर संरक्षण अभावका कारण हाल सो धाराको अस्तित्व नै खतरामा पर्न थालेको छ ।

लगनटोल नजिकै रहेको शिलालेख । 

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |