• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, स्वास्थ्य » विषादीको उच्च जोखिममा गर्भवति महिला र बच्चा
विषादीको उच्च जोखिममा गर्भवति महिला र बच्चा

अनन्तप्रकाश सुवेदी
पुस, चितवन । एग्रोभेट संचालकहरुले उदारोमा विषादी बेच्दाखेरी किसानहरुलाई समय गुज्रिसकेको विषादी बेच्ने गरेको डरलाग्दो तथ्य फेला परेको कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाका कृषि विज्ञ सुन्दर तिवारीले बताएका छन् ।

ज्ञानेश्वर ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको परिसरमा कृषक भेला कार्यक्रममा सोमवार सो कुरा तिवारीले व्यक्त गरे । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले २६६ किसान र करिव तीन दर्जन एग्रोभेटहरुमा गरेको अध्ययनमा विभिन्न तथ्य सँगै सो जानकारी पनि हात परेको उनले बताए ।
सो शिवघाट क्षेत्रका करिव ३० जना अगुवा कृषक महिला तथा पुरुष सम्मिलित सो भेलाको सभापतित्व सहकारीका अध्यक्ष हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा सहभागि किसानहरुले आफूहरुले भोगेको समस्या उपर छलफल गरेका थिए ।

जनचेतना र नीतिनियमको अभावले समुदायमा विषादीको विकराल स्थिति रहेको सो छलफलमा किसानहरुले बताए । सो क्षेत्रमा रहेका विभिन्न क्रेट भेक्ट्रि तथा अन्य फेक्ट्रिहरुले विषादीयुक्त प्लाष्टिक खुल्ला जलाएर वातावरण प्रदुषण गर्ने गरेको र आफूहरु निरिह बनेको किसानहरुले बताए । यसका साथै जनचेतनाका अभावले महिलाहरुले आगो बाल्दा तिनै प्लाष्टिक बाल्ने र ताप्ने गरेका, कतिपय अवस्थामा विषादी नघुलेर खालि हातले नै विषादी पहिले पहिले घोलिएको स्थानिय भक्तिराम गौतमले बताए ।

स्थानिय गोल्भेडा कृषक नरहादुर कुँवर आफूले दुइ तीन पटक सामान्य विषादी  छर्दा पनि नभएर ढुसि नासक कडा विषादी छर्नुपरेको सो अवसरमा बताए । तर सो क्षेत्रका कृषकहरुले विषादी छरेको केही दिन पश्चात मात्र बजारमा फल बेच्न लाने गरेको तर मण्डीमा बाहिर विषादीले सेताम्मे भएका तरकारीहरु सजिलै देख्न सकिने बताउँदै विषादीको विकराल स्थितिको वर्णन गरेका थिए । आफूँ साउदीमा काम गर्दाको अनुभव सुनाउदै स्थानिय यमबहादुर गौतमले त्यहाँ कम्पनिमा आफूलाई जबरजस्ति विषादी छर्न लगाउँदा विरामी परेको र सो कारणले त्यहाँको म्यानेजरको जागिर गुमेको बताउँदै नेपालमा पनि यसतर्फ ध्यान दिँदै कडा भन्दा कडा कानुन ल्याउनुपर्ने र सो बेलासम्म किसानहरुले सतर्क भएर विषादी छर्नुपर्ने जनाए ।

कार्यक्रममा कृषि विज्ञ सुन्दर तिवारीले आफूहरुले गरेको २६६ घरको अध्ययनमा २५० घरमा महिलाहरु नै विषादी छर्न सकृय रहेको तथ्य बताउँदै महिलाहरु त्यसमाथि गर्भवति महिला र बच्चाहरु विषादीको उच्च जोखिममा रहेको उनले बताए । छलफलको क्रममा जिल्ला कृषि विकास कार्यलयाको सहयोगमा सहकारीले जैविक विषादीको प्लान्ट नै स्थापना गर्न लागेको जानकारी दिँदै किसानहरु केही मात्रामा सचेत हुन थालेको बताउँदै क्रमश विषादीको प्रयोग कम हुनेमा आशा व्यक्त गरियो ।

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |