कांग्रेसमा फेरि देउवा एक्लिए, कोइरालालाई पौडेलको साथ

कांग्रेस संसदीय दलको नेता चयन गर्न आइतबार हुने निर्वाचनका लागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार दुवैले शनिबार उम्मेदवारी दर्ता गराएपनि उपसभापति पौडेलले भने कोइरालालाई साथ दिने संकेत दिँदै उम्मेदवारी दताए गरेनन् ।
पौडेल यसअघिको संसदमा कांग्रेसका संसदीय दलका नेता थिए । स्रोतका अनुसार पार्टी सञ्चालनको जिम्मा दिने सर्तमा पौडेलले सभापतिलाई समर्थन गरेका हुन् ।
कुनै समय एक्लिदाँ देउवाले पार्टी नै फुटाएका थिए । पुनः देउवा पार्टीमा एक्लिन पुगेका छन् ।
प्रकाशित मिति:
January 25, 2014