• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » रंगशाला बनाउँदा कतारमा बर्षमै १८५ नेपालीको ज्यान गयो
रंगशाला बनाउँदा कतारमा बर्षमै १८५ नेपालीको ज्यान गयो

माघ १२ । कतारमा रंगशाला बनाउने क्रममा एक वर्षमा नै १८५ नेपालीको ज्यान गएको छ ।
कतारमा आयोजना हुने २२ औँ फिफा विश्वकप फुटबल (सन् २०२२) का लागि पूर्वाधार बनाउने क्रममा गत वर्ष १ सय ८५ नेपालीले ज्यान गुमाएका हुन् ।

 बेलायती पत्रिका ‘दि गार्जियनज’को अध्ययनअनुसार दुई तिहाईभन्दा धेरै नेपालीले हृदयघात तथा कार्यक्षेत्रको दुर्घटना र आत्महत्याबाट मृत्यु हुनेको संख्या थोरै छ । गत नोभम्बरमा एम्नेस्टी इन्टरनेसनले प्रचण्ड गर्मीमा पनि दैनिक १२ घण्टाको काम, फोहोर बासस्थान तथा अत्यधिक भीडभाडका कारण धेरै आप्रवासी कामदारको मृत्यु हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अत्यधिक गर्मी हुने जुनदेखि अगस्टसम्ममात्रै ४४ नेपालीले ज्यान गुमाएका थिए ।

सेप्टेम्बरपछि डिसेम्बरसम्ममा ३६ को मृत्यु भएको तथ्यांक छ । गार्जियनका अनुसार सन् २०१२ जनवरीदेखि सेप्टेम्बरसम्म १ सय २७ र अन्तिम ३ महिनामा थप ७० नेपालीको मृत्यु भएको थियो । कतारी श्रम मन्त्रालयका उपसचिव हुसेन अल मुल्लाले भने प्रतिशत व्यवसायीले कानुनबमोजिम काम लगाएको दाबी गरेको खबर कारोबारमा छ ।

प्रकाशित मिति: January 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |