• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रचण्डपुत्र प्रकाश तरकारी खेतीको सोचमा
प्रचण्डपुत्र प्रकाश तरकारी खेतीको सोचमा

माघ ११ । एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको बारेमा आलोचना बढेर गएपछि उनी भने तरकारी खेतीतर्फ लाग्ने सोचमा पुगेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तरकारी खेती गर्ने सोचको खुलासा गरेका हुन् । फेसबुकमा उनले नजानेकाले तरकारी खेती गर्न जान्नेले सिकाईदिन समेत भनेका छन् ।

 शुक्रबारको बैठकमा केन्द्रीय सदस्य रेणु चन्दले प्रकाशको कार्यक्षेत्र परिवर्तन गरी हेडक्वाटरबाट हटाउन माग गरेकी थिइन् । उनको समर्थन गर्दै  कृष्ण धिताल र श्रीप्रसाद जवेगुले पनि प्रकाशलाई तह लगाउन माग गरेका थिए ।

अन्य नेताले समेत  प्रकाशबारे प्रश्न उठेकाले समाधान गर्न अध्यक्ष दाहाललाई दबाब थपेका थिए ।

अर्काकी श्रीमती समेत रहेकी विद्यार्थी नेतृ बिना मगरलाई भगाएपछि प्रकाश विवादमा तानिएका थिए ।

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |