• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रसूति गृहमा सुत्केरी गराउँदा ढाकाटोपी उपहार
प्रसूति गृहमा सुत्केरी गराउँदा ढाकाटोपी उपहार

बैतडी । बैतडीको मठैराजमा रहेको हाँडाकोट स्वास्थ्य चौकीले प्रसूति गृहमा सुत्केरी गराउन ल्याउने लोग्नेलाई ढाका टोपी उपहार दिएर पठाउन थालेको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन लोग्नेबाहेकका व्यक्ति आएमा उनीहरुलाई समेत छुट्टै उपहार दिने गरिन्छ । सुत्केरीका अभिभावकहरुमध्ये साथमा महिला आएमा ढाकाको चोलो र पुरुष आएका ढाका टोपी उपहार दिने गरिएको स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब नयनसिंह कार्कीले बताए ।

घरमै सुत्केरी हुँदा महिला र बच्चाको स्वास्थ्य जोखिममा पर्ने भएका कारण स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउन यस्तो योजना ल्याइएको कार्कीको भनाइ छ ।

धार्मिक तथा परम्परागत मान्यताका कारण स्वास्थ्य संस्थामा सुत्केरी गराउन न्यून संख्यामा आउने महिलाहरु यस्तो योजना अघि सारिएपछि बढ्दै गएको उनले जानकारी दिए ।

मठैराजको प्रसूति गृहमा सुत्केरी हुन आउने महिलालाई सरकारले दिने एक हजार नगदका साथै पेटिकोट तथा पेन्टी, नवजात शिशुका लागि न्यानो झोला, साथमा आउने अभिभावक पुरुष भए ढाका टोपी र महिला भए ढाकाको चोलो उपहार दिने गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीले बताए ।

केही महिनायता सासू बुहारी कार्यक्रमअन्तर्गत उपहार दिने नियम बसालेपछि स्थानीय डिलाशैनी र मठैराज गाविसका ५० जना सुत्केरीका अभिभावकलाई ढाका टोपी र ढाकाको चोलो उपहार दिइसकेको स्वास्थ्य चौकीले जनाएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत ढाका टोपी उपहार पाएका मठैराज–८ का केशव पन्तले स्वास्थ्य चौकीको यो योजना जिल्लाका अन्य स्वास्थ्य संस्थाका लागिसमेत प्रेरणादायी भएको बताए ।

उनले श्रीमतीलाई स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराउँदा आफूले ढाका टोपी र श्रीमतीलाई रु एक हजारका साथै पेटिकोट तथा बच्चाको लुगासहितको न्यानो झोला उपहार पाएपछि खुसी भएको बताए ।
सुत्केरी र उनका अभिभावकलाई दिने उपहारका लागि स्वास्थ्य सेवा समिति र गाविसले सहयोग गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |