मेलम्ची खानेपानीका लागि थप साढे दुई करोड एडिबीले सहयोग गर्ने
काठमाडौं २ फागुन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणका लागि सरकारलाई थप करिब दुई अर्ब ५० करोड रुपैयाँ (दुई करोड ५० लाख) अमेरिकी डलर सहयोग एसियाली विकास बैंक (एडिबी) ले गर्ने भएको छ ।
मेलम्ची आयोजनाको सुरुङ एक पटक बनेपछि काठमाडौंबासीलाई खानेपानी आपुर्ती गर्न लामो समय काम लाग्ने भन्दै एडिबीले थप सहयोग गर्ने भएको हो ।
राजधानीमा खानेपानी समस्या समाधान गर्ने महत्वांक्षी परियोजनाको रुपमा अघि बढाइएको मेलम्ची आयोजना आफुले दिएको थप सहयोगबाट पुरा हुने एडिबीले अपेक्षा गरेको छ ।
बिभिन्न चरण समयावधि थप गर्दै आएकोमा सेप्टेम्बर २०१६ सम्ममा सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । चिनीयाँ कम्पनीले ठेक्का तोडेपछि पछिल्लो पटक मेलम्चीको सुरुङ निर्माण जिम्मा पाएको इटालियन कम्पनीले काममा तिब्रता दिएको जनाएको छ । पछिल्लो अनुमान अनुसार आयोजनाको कुल लागत ३५ करोड ५४ लाख अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँ लाग्ने भएको छ । साढे २७ किलोमिटर लामो सुरुङबाट प्रत्येक दिन १७ करोड लिटर पानी काठमाडौं आउनेछ ।
प्रकाशित मिति:
February 14, 2014