• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » मेलम्ची खानेपानीका लागि थप साढे दुई करोड एडिबीले सहयोग गर्ने
मेलम्ची खानेपानीका लागि थप साढे दुई करोड एडिबीले सहयोग गर्ने

काठमाडौं २ फागुन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणका लागि सरकारलाई थप  करिब दुई अर्ब ५० करोड रुपैयाँ (दुई करोड ५० लाख)  अमेरिकी डलर सहयोग एसियाली विकास बैंक (एडिबी) ले गर्ने भएको छ ।

मेलम्ची आयोजनाको सुरुङ एक पटक बनेपछि काठमाडौंबासीलाई खानेपानी आपुर्ती गर्न लामो समय काम लाग्ने भन्दै एडिबीले थप सहयोग गर्ने भएको हो ।

राजधानीमा खानेपानी समस्या समाधान गर्ने महत्वांक्षी परियोजनाको रुपमा अघि बढाइएको मेलम्ची आयोजना आफुले दिएको थप सहयोगबाट पुरा हुने एडिबीले अपेक्षा गरेको छ । 

बिभिन्न चरण समयावधि थप गर्दै आएकोमा सेप्टेम्बर २०१६ सम्ममा सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । चिनीयाँ कम्पनीले ठेक्का तोडेपछि पछिल्लो पटक मेलम्चीको सुरुङ निर्माण जिम्मा पाएको इटालियन कम्पनीले काममा तिब्रता दिएको जनाएको छ । पछिल्लो अनुमान अनुसार आयोजनाको कुल लागत ३५ करोड ५४ लाख अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँ लाग्ने भएको छ । साढे २७ किलोमिटर लामो सुरुङबाट प्रत्येक दिन १७ करोड लिटर पानी काठमाडौं आउनेछ । 

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |