कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द : पौडेल
फागुन ३ । नेकपा एमालेका सचिव विष्णु पौडेलले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द भएको बताएका छन् ।
कांग्रेसले सहमति तोडेको भन्दै उनले सहमति तोडेर कांग्रेसले सुरुमै धोका दिएको बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा सचिव पौडेलले सरकारमा जाने विषयमा अब काग्रेससँग वार्ता पनि हुन नसक्ने दाबी पनि गरे ।
एमालेलाई उपप्रधानसहित गृह दिने विषयमा वार्ता टोली र शीर्ष नेताको तहमा सहमति भएको ठोकुवा गर्दै आवश्यक पर्दा सहमतिको प्रमाण देखाउन समेत तयार रहेको उनको भनाई छ ।

प्रकाशित मिति:
February 15, 2014