• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » डा. केसीको चौथो अनसन आठौं दिनमा तोडियो
डा. केसीको चौथो अनसन आठौं दिनमा तोडियो

फागुन ३ ।  त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राडा गोविन्द केसीले आठौं दिनका दिन अनसन तोडेका छन् । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेका हुन् ।

मुख्यसचिव, शिक्षा सचिव र चिकित्सक संघ अध्यक्षको उपस्थितिमा तीन मेडिकल बिद्यार्थीले जुस खुवाएर केसीको अनसन तोडाएका हुन् ।

सरकारी टोलीले हिजो चिकित्साशास्त्र अध्ययन संस्थानका आन्दोलनरत चिकित्सकसँग वार्ता गरेर ६ बुँदे सहमति गरेको थियो ।

संस्थानमा डिन नियुक्तिलगायत बिषयमा यसअघि १४ दिन अनसन बसेका केसीले सरकारले माग पूरा गर्न ध्यान नदिएको भन्दै अघिल्लो शनिबारदेखि पुनः अनसन थालेका हुन् ।

संस्थानको बिषयमा केसीले गरेको यो चौथो अनसन हो ।

प्रकाशित मिति: February 15, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |