एमाओवादी र कांग्रेस मिलेर सरकारलाई पूर्णता दिने सम्भावना बढ्यो
फागुन, काठमाडौं । प्रधानमन्त्री चयनको निर्वाचनमा विपक्षमा मतदान गरेको तेस्रो दल एमाओवादी र नेपाली कांग्रेस पछिल्लो पटक नजिकिएका छन् । यो स“गै यी दल मिलेर सरकारलाई पूर्णता दिन सक्ने सम्भावना पनि बढेर गएको छ ।
प्रधानमन्त्री चयनको बेला मतदान गरेको एमाले र कांग्रेसबीच गृह मन्त्रालयको विषयमा विवाद बढेर गएपछि तेस्रो दल एमाओवादी र कांग्रेस नजिकिएका छन् ।
कांग्रेस र एमालेबीच शिर्ष नेताहरुको वार्ता समेत हुन नसकीरहेको अवस्थामा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशिल कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
कोइराला निवास महाराजगन्जमा शनिबार साझ भएको कोइराला र दाहालबीचको भेटवार्तामा अध्यक्ष दाहालले गम्भीर संकट परेको खण्डमा एमाओवादी सरकारमा सहभागी हुनसक्ने आश्वासन समेत दिएका छन् ।
र्
सरकार निर्माणको पूर्णता छिटो दिनुहोस् भनेर प्रधानमन्त्री कोइरालालाई भन्नुभएको छ’ अध्यक्ष दाहालका स्वकीय सचिव चु“डामणी खड्काले भने पार्टी तत्काल सरकारमा जा“दैन तर गम्भीर संकट पैदा भएको खण्डमा भने पार्टीबाट निर्णय गरेर जानसक्ने विषयमा पनि छलफल भएको हो ।’
राजधानीमा शनिबार नै आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाओवादी प्रवक्ता दीनानाथ शमाले सरकार गठन गर्न कांग्रेस र एमाले असफल भए विकल्प दिन आफ्तो पार्टी तयार रहेको बताएका थिए । मुलुकलाई सरकार विहीनताको अवस्थामा राख्न नसकिने भन्दै सरकार गठन गर्न कांग्रेस एमालेले नसके संविधानसभाले नया“ विकल्प खोज्ने र खोजिनुपर्ने उनले बताए । नया विकल्प खोज्नका लागि एमाओवादी तयार रहेको प्रवक्ता शर्माको भनाई थियो ।
एमाले सचिव विष्णु पौडेलले कांग्रेसले सहमति तोडेको भन्दै प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार एमाले जाने ढोका बन्द भएको घोषणा गरेकै दिन एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री कोइरालाबीचको भेटघाट तथा प्रवक्ता शर्माले नया विकल्प दिन एमाओवादी तयार रहेको भनाईले पनि एमाओवादी र कांग्रेस मिलेर सरकार चलाउने सम्भावना बढ्दै गएको छ ।
सचिव पौडेलले राजधानीमा आयोजित एक कार्यक्रममा अब पार्टीले गृहमन्त्रालय पाए पनि सरकारमा नजाने भन्दै एमाले सरकारमा जाने विषयमा अब कांग्रेससग वार्ता पनि हुन नसक्ने ठोकुवा गरेकै साझ कोइराला निवास पुगेर एमाओवादी अध्यक्ष दाहालले भने सरकार गम्भीर संकटमा परे सहयोग गर्ने आश्वासन दाहालले दिएर फर्किएका हुन् ।
प्रधानमन्त्री कोइरालासगको भेटमा दाहालले एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिवद्धतालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने र सत्य निरुपण तथा मेलमिलापसहितका आयोग गठनमा समेत जोड दिनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति:
February 15, 2014