• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Prawas » वैदेशिक रोजगार कार्यालय शनिबार पनि खुल्ला
वैदेशिक रोजगार कार्यालय शनिबार पनि खुल्ला

फागुन ४ । वैदेशिक रोजगार विभाग र विभाग अन्तर्गत भर्खरै खुलेका ४ शाखा कार्यालय शनिबार पनि खुलेका छन् ।  विभागमा कामदारको भीडभाड अत्यधिक भएकाले त्यसलाई घटाउन विभागअन्तर्गतका कार्यालय शनिबार पनि खोलिएको हो ।

विभागका सूचना अधिकृत बद्री कार्कीले विभाग ७ देखि १ बजेसम्म र शाखा कार्यालय बिहान १० बजेदेखि ५ बजेसम्म खोलिएको बताए । ‘विभागमा भीडभाड नघटेसम्म यसलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘अब भीड देखाएर श्रम स्वीकृति रोक्ने कर्मचारी कारबाहीको भागीदार बन्नेछन् ।’

विभागले शनिबार संस्थागत ढंगले ११ सय कामदारको श्रम स्वीकृति दिएको जनाएको छ । विभागका महानिर्देशक कृष्णहरि पुस्करले व्यक्तिगत तथा पुनस् दर्ताका पेन्डिङमा रहेका अधिकांश श्रम स्वीकृतिका फाइल स्वीकृति दिइएको जानकारी दिए । ‘विभागको संरचनात्मक सुधार सुरु भइसकेको छ,’ उनले भने, ‘विभागको सुधारमा जोसुकै बाधक भए पनि उनीहरू कारबाहीको भागीदार हुनेछन् ।’

पछिल्लो समय प्रथम श्रमस्वीकृति र अन्तिम श्रम स्वीकृति गर्दा त्यहाँका कर्मचारीले फाइलमा रहेका कर्मचारीको संख्या हरेर रकम असुली गरेको भन्दै विभाग नै बदनाम हुन थालेको थियो । कर्मचारी युनियनको सिफारिसमा गएका कर्मचारीले विभागका महानिर्देशकलाई पनि नटेर्दा कामदारको फाइल सदर हुन लामो समय लाग्ने गथ्र्यो ।

कर्मचारी युनियनको ‘डन प्रवृत्ति’ हटाउन विभागमा तीनमहिने काजमा आएका महानिर्देशक पुस्करलाई पनि सहज नभएको व्यवसायीको भनार्इ उदृत गर्दै नयाँ पत्रिकामा खबर छापिएको छ ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |