आजदेखि मौसममा सुधार आउने
फागुन ४ । मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझदेखि मौसममा सुधार आउने जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभर मौसममा परिवर्तन आएको हो ।
अरब सागरबाट उच्च वायुमण्डल न्यून चापीय क्षेत्र बन्दै गएको र त्यो पश्चिमी भेगबाट मध्यभेग हुँदै पूर्वी भेगतर्फ सर्दै जाने क्रम चलिरहेको मौसमविद् सुभाष रिमालले जानकारी दिए । पश्चिमी क्षेत्रका जुम्ला र डडेल्धुरामा करिब ४ मिमि र मध्य भागको भैरहवामा ६ मिमि वर्षा भएको तथा पूर्वतिर वर्षाको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
मौसमविद् रिमालले मौसममा सुधार वायुमण्डलमा न्यून चापीय क्षेत्र सर्दै जाने तीव्रतामा निर्भर गर्ने भए पनि आइतबारदेखि देशभरको मौसम सफा हुँदै जाने संकेत देखिएको जानकारी दिए ।

प्रकाशित मिति:
February 16, 2014