रेग्मी सरकारको ६ महिनाको इन्धन खर्च मात्रै एक अर्ब
फागुन ४ । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी सरकारले ६ महिनामा पेट्रोलियम पदार्थ खपतमा मात्रै करिब १ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सरकारले बजेट छुट्टयाउने विभिन्न ३९ वटा निकायमा पुससम्म ९० करोड ६३ लाख १९ हजार रुपैयाँको पेट्रोलियम खपत भएको हो । सरकारी निकायले यो इनधन सवारी साधन र प्रशासनिक काममा प्रयोग गर्छन् ।
६ महिनामा मुलुकभर पेट्रोल मात्रै करिब २ करोड लिटर खपत हुन्छ । यसको मूल्य १५ अर्व ६० करोड रुपैयाँ हाराहारी पर्छ । डिजेल ७ करोड लिटर (४३ अर्व बराबर) खपत हुन्छ ।
महालेखानियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ खपत गर्नेमा गृह मन्त्रालय छ । उसले ३५ करोड २८ लाख २ हजार रुपैयाँ इनधन तथा तेलमा खर्चिएको छ । दोस्रोमा रहेको रक्षा मन्त्रालयले २१ करोड २९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । त्यसपछिको अर्थमन्त्रायले ३ करोड ८१ लाख २८ हजार रुपैयाँ खर्चिएको छ । देशभरका अदालतले ३ करोड १४ लाख रुपैयाँको इन्धन खपत गरेको कारोबारमा खबर छापिएको छ ।

प्रकाशित मिति:
February 16, 2014