• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News » रेग्मी सरकारको ६ महिनाको इन्धन खर्च मात्रै एक अर्ब
रेग्मी सरकारको ६ महिनाको इन्धन खर्च मात्रै एक अर्ब

फागुन ४ । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी सरकारले ६ महिनामा पेट्रोलियम पदार्थ खपतमा मात्रै करिब १ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सरकारले बजेट छुट्टयाउने विभिन्न ३९ वटा निकायमा पुससम्म ९० करोड ६३ लाख १९ हजार रुपैयाँको पेट्रोलियम खपत भएको हो । सरकारी निकायले यो इनधन सवारी साधन र प्रशासनिक काममा प्रयोग गर्छन् ।

६ महिनामा मुलुकभर पेट्रोल मात्रै करिब २ करोड लिटर खपत हुन्छ । यसको मूल्य १५ अर्व ६० करोड रुपैयाँ हाराहारी पर्छ । डिजेल ७ करोड लिटर (४३ अर्व बराबर) खपत हुन्छ ।

महालेखानियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ खपत गर्नेमा गृह मन्त्रालय छ । उसले ३५ करोड २८ लाख २ हजार रुपैयाँ इनधन तथा तेलमा खर्चिएको छ । दोस्रोमा रहेको रक्षा मन्त्रालयले २१ करोड २९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । त्यसपछिको अर्थमन्त्रायले ३ करोड ८१ लाख २८ हजार रुपैयाँ खर्चिएको छ । देशभरका अदालतले ३ करोड १४ लाख रुपैयाँको इन्धन खपत गरेको कारोबारमा खबर छापिएको छ ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |