कांग्रेस एमालेले नसके सरकारको विकल्प दिन तयार छौं : एमाओवादी

कांग्रेस र एमालेबीच गृह मन्त्रालयको विषयमा विवाद चर्केका बेला एमाओवादीले आफूहरु सरकारको विकल्प दिन तयार रहेको बताएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले मुलुकलाई सरकार बिहीन बनाउन नहुने भन्दै कांग्रेस–एमालेले नसके आफूहरु सरकारको विकल्प दिन तयार रहेको बताए ।
कांग्रेस र एमालेका कारण मुलुकलाई बन्धक बनाउन नहुने उनको भनाई छ ।
प्रकाशित मिति:
February 15, 2014