प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरे कोइराला
फागुन ८ । निर्वाचित भएको १० दिनपछि प्रधानमन्त्री सुशिल कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि कोइराला ज्योतिषीले हेरेको बिहान पौने करिब ११ बजेको शुभ साइतमा बिहीबार सरकारी निवासमा प्रवेश गरेका हुन् ।
यसअघि कोइराला महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आएका थिए ।
यसअघि कोइरालाले मन्त्रीपरिषदले टुंगो पाएपछि मात्रै सरकारी निवास सर्ने योजना बनाए पनि सत्तासाझेदार दलबीच किलचो बढ्दै गएपछि आज बालुवाटार सरेका हुन् ।
प्रकाशित मिति:
February 20, 2014