ध्यानका लागि पूर्वराजा ज्ञानेन्द्रसहित कोमल शिवपुरी जंगलमा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjAKMp-J1Bum1b_oUlR-TfUJL7iixtaO_6vC7fz9wdVi60MMW40bQpcM_LT5EEA_NAV1R0Y_rdqeVXyhnJNNjWXnz23GK70jY7QLkj8Uz4MJClM-dqcBRf7C0YLesFrPVIBqob_FIBworA/s1600/kinag.jpg)
पूर्वराजा ज्ञानेन्द्र शिवपुरीडाँडाको उकालो उक्लिसकेपछि त्यसको बायाँपट्टी रहेको खोँचको कुटीमा ध्यानमा बसेका छन् ।
काठमाडौं र नुवाकोटको सीमा नजिक शिवपुरी जंगलको एउटा खोँचस्थित कुटीमा उनी ध्यानमा बसेको समाचारपत्र र नयाँ पत्रिकाले खबर छापेका छन् । ज्ञानेन्द्रसँगै पत्नी कोमल पनि छिन् । कोमलको जन्मदिनको उपहार र प्रसाद बोकेर निर्मलनिवास पुगेका शुभचिन्तकहरुले समेत प्रसाद र उपहार निर्मलनिवासमै छोडेर आए । ७ फागुन कोमलको जम्नदिन हो ।
पूर्वरानी कोमलको जन्मदिनको शुभकामनासहित उपहार लिएर केही राजावादीहरु शिवपुरी गएका थिए । ज्ञानेन्द्रले एक कार्यक्रमको आयोजना गरी पूर्वरानीको जन्मोत्सव मनाएका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई ज्ञानेन्द्रले आफूलाई देशको विषयमा पनि जानकारी गराउन आग्रह गरेका थिए ।
प्रकाशित मिति:
February 20, 2014