• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » ध्यानका लागि पूर्वराजा ज्ञानेन्द्रसहित कोमल शिवपुरी जंगलमा
ध्यानका लागि पूर्वराजा ज्ञानेन्द्रसहित कोमल शिवपुरी जंगलमा

फागुन ८ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शिवपुरी जंगलमा तीन दिनदेखि ध्यानमा बसेका छन् । उनीहरुको दशदिने ध्यान सोमबारदेखि सुरु भएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शिवपुरीडाँडाको उकालो उक्लिसकेपछि त्यसको बायाँपट्टी रहेको खोँचको कुटीमा ध्यानमा बसेका छन् ।

काठमाडौं र नुवाकोटको सीमा नजिक शिवपुरी जंगलको एउटा खोँचस्थित कुटीमा उनी ध्यानमा बसेको समाचारपत्र र नयाँ पत्रिकाले खबर छापेका छन् । ज्ञानेन्द्रसँगै पत्नी कोमल पनि छिन् । कोमलको जन्मदिनको उपहार र प्रसाद बोकेर निर्मलनिवास पुगेका शुभचिन्तकहरुले समेत प्रसाद र उपहार निर्मलनिवासमै छोडेर आए । ७ फागुन कोमलको जम्नदिन हो ।

पूर्वरानी कोमलको जन्मदिनको शुभकामनासहित उपहार लिएर केही राजावादीहरु शिवपुरी गएका थिए । ज्ञानेन्द्रले एक कार्यक्रमको आयोजना गरी पूर्वरानीको जन्मोत्सव मनाएका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई ज्ञानेन्द्रले आफूलाई देशको विषयमा पनि जानकारी गराउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: February 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |