• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एमालेले सपथ बहिष्कार गरेको होइन, केही नेता नगएका हुन् : नेपाल
एमालेले सपथ बहिष्कार गरेको होइन, केही नेता नगएका हुन् : नेपाल

माघ २९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले प्रधानमन्त्रीको सपथ बहिष्कार गरेको नभइ केही नेताहरुमात्र सहभागी नभएको बताएका छन् ।

मंगलबार भएको सपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा भन्दै अध्यक्ष झलनाथ खनाल र नेता नेता नेपाल उपस्थित भए पनि अन्य नेताहरु भने उपस्थित भएका थिएनन् । सपथ ग्रहण अगाडी एमाले स्थायी कमिटी बैठकले सपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेपनि नेता नेपालले भने सपथ ग्रहण एमालेले बहिस्कार नगरेको बताए ।

नेता नेपालले कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएको भन्दै  गृह मन्त्रालयको विषयमा शीर्ष तहमा सहमति  नभए पनि सम्मानजनक स्थान नपाए एमाले सरकारमा सहभागी नहुने बताए ।

पोखरामा सञ्चारकर्मीहरुसँग नेता नेपालले दुई दलको नेतृत्व तहमा गृहमन्त्रालयका विषयमा छलफल नभए पनि वार्ता समितिमा भने गृह मन्त्रालय एमालेले लिने सहमति भएको बताए ।

प्रकाशित मिति: February 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |