• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » कोरिया भाषा परीक्षा उत्तीर्ण २ हजार सूचीबाट हटे
कोरिया भाषा परीक्षा उत्तीर्ण २ हजार सूचीबाट हटे

फागुन काठमाडौं ।
करिब साढे दुई वर्षदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जाने पर्खाइमा रहेकामध्ये १ हजार ९ सय १७ जना कोरिया जाने योग्य सूची रोस्टरबाट हटेका छन् । उनीहरू अब कोरिया जान नपाउने भएका छन् ।

कोरिया जान योग्य सूची रोस्टरमा परेको दुई वर्ष पुग्दासमेत रोजगारदाताले माग नगरेको भन्दै कोरियाको मानव संशाधन विकास ९एचआरडी० ले तीन पटकमा १ हजार ९ सय १७ युवाको नाम हटाएको छ । एचआरडीले गत १६ पुसमा १ हजार ५९, माघ १७ मा ४ सय २७ र माघ २० मा ४ सय ३९ को नाम सूचीबाट हटाइसकेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

हटेका कामदार दुई वर्षदेखि कोरियाली रोजगारीको पर्खाइमा थिए । रोस्टरबाट हटेका युवा पुनः भाषापरीक्षा उत्तीर्ण गरी रोस्टरमा नै रहनुपर्ने हुन्छ । सन् २०११ को भाषा परीक्षामा कृषि र उत्पादनमूलक क्षेत्रमा गरी करिब १६ हजार युवा उत्तीर्ण भएका थिए । त्यसमध्ये अब रोस्टरमा १७ सयमात्र छन् । यी पनि आगामी मार्चभित्र कोरिया गइसक्नुपर्नेछ । यो अवधिमा कोरियाले छनोट नगरे उनीहरू स्वतः रोस्टरबाट हट्ने प्रावधान छ । सन् २०११ मा उत्तीर्ण भएकामध्ये करिब ११ हजार युवा कोरिया पुगिसकेका छन् ।

ईपीएस कोरिया शाखा प्रमुख डिल्ली बाँस्तोलाले रोस्टरमा राखेको दुई वर्षसम्म पनि रोजगारदाताले कामदारलाई श्रम सम्झौता वा छनोट नगरे रोस्टरबाट हट्नुपर्ने व्यवस्थाका कारण सूचीबाट हटेको जानकारी दिए।

आगामी मार्चसम्म सन् २०११ को भाषा परीक्षामा उत्तीर्ण गरेका सबै कामदारको रोस्टर अवधि दुई वर्ष पुग्छ । यो बेलासम्म कोरिया जान नसकेका कामदार रोस्टरबाट हट्ने उनले बताए । सन् २०११ मा पहिलो लटमा रोस्टरमा राखेका कामदारको अवधि दुई वर्ष पुगेकाले सूचीबाट हटाइएको सो शाखाले जनाएको खबर राजधानी दैनिकमा छ ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |