प्रधानमन्त्रीद्धारा खेलाडीको विश्वकप चुम्ने सपना साकार पार्न प्रेरणा मिलोस भनि कामना

नेपालले आइतवार वेलुका सम्पन खेलमा प्रतिस्पर्धी हङकङलाई ८० रनको भारी अन्तरले पराजित गर्दै नेपाली टिम विजयी भएको थियो । ‘नेपाल विजयी भएको खबरले मलाई अति हर्षित बनाएको छ,’ प्रधानमन्त्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘राष्ट्रिय गौरव अभिबृद्धि गर्ने नेपाली क्रिकेट टिमलाई म यस अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु ।’
उनले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो पटक सहभागी भएको नेपाली टिमको विजयी शुरुआत प्रशंसायोग्य भएको पनि विज्ञप्तिमा जनाएका छन् । ‘नेपाली क्रिकेट टिमले छोटो समयमा प्राप्त गरेको यस सफलताको सरकार कदर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यो सफलताले आउदा प्रतियोगितामा पनि अझ उच्चस्तरको प्रदर्शन गरी विश्वकप चुम्ने सपना साकार पार्न सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई थप हौसला र प्रेरणा प्राप्त हुने मैले आशा लिएको छु ।’
उनले अब हुने हरेक प्रतिस्पर्धामा नेपाली टिमलाई विजयको सफलता प्राप्त हुनसकोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । ‘हभागी खेलाडी, टिमका कप्तान, प्रशिक्षक सबैलाई उनले बधाई दिएका छन् । होस
प्रकाशित मिति:
March 17, 2014