२६ सिटमा कांग्रेसलाई ९, एमालेलाई ८ र एमाओवादीलाई ४ सिट

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले दलीय भागबन्डाका आधारमा मनोनीत गर्ने सहमति गरेको हो। स्रोतका अनुसार कांग्रेसले नौ, एमालेले सात, एमाओवादीले पाँच र बाँकी पाँचजना साझा सभासदका रूपमा मनोनयन गर्न दलहरू सहमत भएका छन् ।
चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई भने मनोनीत सभासद्मा हिस्सा नदिन पनि ठूला दल एकमत भएका छन्। २०६२र६३ को आन्दोलनको उपलब्धिका रूपमा संविधानसभा निर्वाचन भएको र त्यो आन्दोलनमा राप्रपा नेपाल सहभागी नभएकाले उसलाई मन्त्रिपरिषद्बाट मनोनीत हुने सभासद्मा हिस्सा नदिने निष्कर्षमा नेताहरू पुगेका हुन्। केही साना दललाई दिनुपर्ने अवस्था आए तीनै दलले एकएक जना छोड्नेछन्।
ुसबै विषयमा सकारात्मक छलफल भएको छु, बैठकमा सहभागी एमाओवादी नेता पोस्टबहादुर बोगटीले भने, ुबिहीबार बस्ने बैठकले औपचारिक निर्णय गर्छ।ु बैठकले संविधानसभा निर्वाचन परिणाम आएपछि तीन दलबीच भएको चारबुँदे सहमति पनि तत्काल कार्यान्वयन गर्ने सहमति गरेको अन्नपूर्ण पोष्टममा खबर छ। एमाओवादीले संविधानसभा चुनाउमा धाँधली भएकाले छानबिन माग राखेपछि तीन दलबीच संसदीय समिति गठन गर्ने गरी चारबुँदे सहमति भएको थियो।
प्रकाशित मिति:
March 27, 2014