सिरानीमा मोबाइल राखेर सुत्नेहरु होसियार !
तपाई मोवाइल फोन कत्तिको चलाउनु हुन्छ ? सायद मोवाइल नचलाउँने मानिस अचेल भेट्न पनि मुस्किल नैै हुन्छ । सम्पर्कको सजिलो माध्यम बनेको मोवाइल फोन प्रयोग नगर्ने कुरा पनि भएन् । तर त्यहि समान चलाउँन जानिएन भने त्यसले मानिसको जीवन मै गम्भीर असर गर्छ भन्ने कुराको पनि ख्याल गर्न जरुरी छ ।
वैज्ञानिकहरुले पत्ता लगाएको तथ्यलाई आधार मान्ने हो भने मोवाइल फोन सिरानीमा राखेर सुत्नु स्वाथ्यका लागि गम्भीर हानिकारक छ । अफकम कम्पनीका वैज्ञानिकहरुले गरेको शोधमा ८० प्रतिशत प्रयोगकर्ता सिरानीमा मोबाइल च्याप्ने गर्छन् ।
बेलायतस्थित द स्लीप स्कूलका शोधकर्ता डा. गोय मिडोज अनुसार सुत्दाखेरि सिरानीमा मोबाइल च्याप्दा हाम्रो मस्तिष्क सक्रिय भइरहन्छ । गहिरो निन्द्रा नपर्दा भोलिपल्टको दिन तनावयुक्त र आलस्य हुने गर्दछ । जबकि मानिस सुत्दा शारीरिक र मानसिक दुबै आराम आवश्यक पर्दछ । सुत्दा मष्तिष्कले विश्राम पाउनुपर्ने हुन्छ ।
हावर्ड युनिभर्सिटीका शोधकर्ता चार्ल सिजलर भन्छन् ‘सुत्ने बेला साथैमा मोबाइल राख्दा शरिरको प्राकृतिक व्यवहार प्रभावित हुन्छ । यसले मस्तिष्कलाई दिन र रात छुट्याउन वा सक्रियता देखाउनु पर्ने वा नपर्ने अलमल हुन्छ ।’
सुत्ने बेला मोबाइल सिरानीमा राख्दा शरिरमा मेलाटोनिन हर्मोनको नियन्त्रणमा प्रभाव पर्दछ जसले कोर्टिजोन नामक स्टे्रस हर्मोनको स्तर बढ्छ । यस्तो हुँदा निद्रामा पनि तनाव महसुस गरिने भएकाले मोवाइल फोन सुस्दा सिरानीमा नराख्नु उचित हुन्छ ।
प्रकाशित मिति:
March 26, 2014