• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » सिंगापुर सबैभन्दा महंगो, काठमाडौं संसारकै सस्तोको चौथोमा
सिंगापुर सबैभन्दा महंगो, काठमाडौं संसारकै सस्तोको चौथोमा

फागुन २१ । काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहरमा परेको छ । सबैभन्दा महंगो शहर भने सिंगापुर हो ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेको हो ।

काठमाडौंसँगै गृहयुद्धले तहसनहस भएकामध्ये पूर्वमा रहेको सिरियाको राजधानी दमास्कस पनि विश्वका सस्ता सहरमा चौथो स्थानमा रहेको छ ।

न्युयोर्कलाई आधार रेखा मानेर विश्वका १ सय ३१ सहरमा गरिएको सो सर्वेक्षणमा भारतको मुम्बई विश्वमा नै सबैभन्दा सस्तो सहर बनेको छ । त्यस्तै, पाकिस्तानको कराँची र भारतकै नयाँ दिल्ली क्रमशः दोस्रो र तेस्रो सस्तो सहर बनेका छन्। 

सो सर्वेक्षणअनुसार सिंगापुर सबैभन्दा महँगो सहर सिद्ध भएको छ । सिंगापुर लुगा किन्नका लागिसमेत विश्वमा नै सबैभन्दा महँगो सहर सावित भएको छ । मूल्यवृद्धि र बलियो मुद्राका कारण सिंगापुरलाई सो स्थानमा पुर्याएको बताइन्छ । 

गत वर्ष सबैभन्दा महँगो बनेको सहर अहिले छैटौं स्थानमा झरेको छ भने दोस्रो र तेस्रोमा क्रमशः पेरिस र ओस्लो बनेका छन् । 

त्यस्तै, जुरिच, सिड्नी र भेनेजुयला क्रमशः चौथो, पाँचौं र छैटौं महँगा सहर भएको सो सर्वेक्षणले देखाएको छ । त्यस्तै, जेनेभा र मेलबर्न पनि छैटौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति: March 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |