विनोद चौधरीको सम्पत्ति एक दशमलब एक बिलियन डलर, १० अर्ब बढ्यो
एजेन्सी
फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा नेपालका तर्फबाट व्यवसायी बिनोद चौधरी पुनः परेका छन् । उनी फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा १ हजार ४ सय ६५ औं नम्बरमा छन् । फोब्र्स म्यागेजिनको अर्बपति सूचीमा पर्ने चौधरी अघिल्लो बर्ष १ हजार ३ सय ४२ औं स्थानमा थिए ।
फोब्र्सको सूचीमा बिल गेट्स पहिलो नम्वरमा छन् । सेयरमा भएको बृद्धिका कारण माईक्रोसफ्टका सह–संस्थापक बिल गेट्स नम्बर एकमा पुनः उक्लिन सफल भएका हुन । उनको सम्पति ७६ विलियन डलर छ । फोब्र्सको १ हजार ४ सय ६५ औं नम्बरमा परेको चौधरीको सम्पति एक दशमलब एक बिलियन डलर रहेको मूल्यांकन गरिएको छ । यो बर्ष तयार पारिएको सूचीमा दुई सय ८६ जना अर्बपति थपिएको फोब्र्स म्यागेजिनले जनाएको छ । जसमध्ये ४२ जना महिला छन् । अर्बपतिमध्ये अमेरिकाबाट ५०, चीनबाट ३७, जर्मनीबाट २६, ब्राजिलबाट २३ जना छन । नेपालबाट सूचीमा पर्ने चौधरी एक्ला अर्बपति हुन् ।
सबैभन्दा धनी सूचीकोे दोस्रो नम्बरमा कार्लोस स्लिम हेलु छन् । उनको सम्पति ७२ विलियन डलर छ । नयाँ अर्बपतिमध्ये ह्वाट्सएपका सहसंस्थापक जेन कम सबैभन्दा धनी देखिएका छन् । भर्खरै फेसबुकलाई कम्पनी बेचेका ३६ वर्र्षीय कमको सम्पति ६ दशमलब ८ विलियन डलर छ । भारतका व्यवसायी मुकेश अम्बानी १८ दशमलब ६ विलियन डलर सम्पति सहित भारतको सबैभन्दा धनी बनेका छन् ।
उनी धनी सूचीमा ४० औं नम्बरमा छन् । लगानीकर्ता वारेन बफेट ५८ दशमलब २ विलियन डलर सम्पतिसहित सूचीको चौथो स्थानमा छ । पहिलो पटक सबैभन्दा धेरै एकहजार ६ सय ४५ जना अटाएको धनी सूचीमा करिब १० प्रतिशत महिला छन् । अघिल्लो बर्ष सूचीमा एक हजार चाससय २६ जना थिए । अघिल्लो बर्षको सूचीमा एकसय ३८ महिला मात्रै थिए । धनीको सूचीमा ४० बर्ष मूनीका ३० जना छन् । क्रिस्टी वाल्टन विश्व धनीको टप १० मा परेकी एक मात्र महिला हुन् ।
प्रकाशित मिति:
March 05, 2014