• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Hot Issue » विनोद चौधरीको सम्पत्ति एक दशमलब एक बिलियन डलर, १० अर्ब बढ्यो
विनोद चौधरीको सम्पत्ति एक दशमलब एक बिलियन डलर, १० अर्ब बढ्यो

एजेन्सी
फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा नेपालका तर्फबाट व्यवसायी बिनोद चौधरी पुनः परेका छन् । उनी फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा १ हजार ४ सय ६५ औं नम्बरमा छन् । फोब्र्स म्यागेजिनको अर्बपति सूचीमा पर्ने चौधरी अघिल्लो बर्ष १ हजार ३ सय ४२ औं स्थानमा थिए । 

फोब्र्सको सूचीमा बिल गेट्स पहिलो नम्वरमा छन् । सेयरमा भएको बृद्धिका कारण माईक्रोसफ्टका सह–संस्थापक बिल गेट्स नम्बर एकमा पुनः उक्लिन सफल भएका हुन । उनको सम्पति ७६ विलियन डलर छ । फोब्र्सको १ हजार ४ सय ६५ औं नम्बरमा परेको चौधरीको सम्पति एक दशमलब एक बिलियन डलर रहेको मूल्यांकन गरिएको छ । यो बर्ष तयार पारिएको सूचीमा दुई सय ८६ जना अर्बपति थपिएको फोब्र्स म्यागेजिनले जनाएको छ । जसमध्ये ४२ जना महिला छन् । अर्बपतिमध्ये अमेरिकाबाट ५०, चीनबाट ३७, जर्मनीबाट २६, ब्राजिलबाट २३ जना छन । नेपालबाट सूचीमा पर्ने चौधरी एक्ला अर्बपति हुन् । 

सबैभन्दा धनी सूचीकोे दोस्रो नम्बरमा कार्लोस स्लिम हेलु छन् । उनको सम्पति ७२ विलियन डलर छ । नयाँ अर्बपतिमध्ये ह्वाट्सएपका सहसंस्थापक जेन कम सबैभन्दा धनी देखिएका छन् । भर्खरै फेसबुकलाई कम्पनी बेचेका ३६ वर्र्षीय कमको सम्पति ६ दशमलब ८ विलियन डलर छ । भारतका व्यवसायी मुकेश अम्बानी १८ दशमलब ६ विलियन डलर सम्पति सहित भारतको सबैभन्दा धनी बनेका छन् । 

उनी धनी सूचीमा ४० औं नम्बरमा छन् । लगानीकर्ता वारेन बफेट ५८ दशमलब २ विलियन डलर सम्पतिसहित सूचीको चौथो स्थानमा छ । पहिलो पटक सबैभन्दा धेरै एकहजार ६ सय ४५ जना अटाएको धनी सूचीमा करिब १० प्रतिशत महिला छन् । अघिल्लो बर्ष सूचीमा एक हजार चाससय २६ जना थिए । अघिल्लो बर्षको सूचीमा एकसय ३८ महिला मात्रै थिए । धनीको सूचीमा ४० बर्ष मूनीका ३० जना छन् । क्रिस्टी वाल्टन विश्व धनीको टप १० मा परेकी एक मात्र महिला हुन् ।

प्रकाशित मिति: March 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |