सरस्वतीलाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनल प्रवेश

सोमबार भएको क्वाटरफाइनल ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले सरस्वती युवा क्लबलाई ३–१ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा सरस्वतीले सुरुवाति अग्रता लिएपनि जोगाउन सकेन । थ्रीस्टारबाट लोनमा गएका जगजित श्रेष्ठले फ्रि किकमा गोल गरेका हुन् ।
३३ औं मिनेटमा विशाल राई ए ले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए पनि ६१ औं मिनेटमा जाजाले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए ।
खेलको ७३ औं मिनेटमा दिलेनले गरेको गोलले मच्छिन्द्र ३–१ ले विजयी भयो ।
प्रकाशित मिति:
March 10, 2014