नेविसंघद्धारा पत्रकार महासंघको नयाँ समितिलाई औपचारिक सम्मान
सदरमुकाम खलंगामा सोमवहार विहान पत्रकार महासंघ जिल्ला शाखाको नयाँ कार्यसमिति र केन्द्रिय पार्सदहरुलाई नेविसंघ जाजरकोटले दोसल्ला ओराएर सम्मान गरेको थियो । साथै नेविसंघ जिल्ला अध्यक्ष खडक विसीले नयाँ जिल्ला समितिको कार्यकाल सफलताका लागि वदाई तथा शुभकामना दिने क्रममा पत्रकार महासंघ जिल्ला शाखाको अधिवेशनले सर्वसहमत नयाँ जिल्ला समिति चयन गरेर एक उदाहरणिय नमुना पेश गर्न सफल भएको बताए ।
पत्रकार महासंघ जिल्ला शाखाको नयाँ कार्य समितिले महासंघको भवन निर्माण कार्य सुचारुवाट आफ्नो अविभाराको थालनी गरि सकेको नव निर्वाचित अध्यक्ष जनक केसीले वताए । उनीले पत्रकारहरुको हकहित,सुरक्षाको बिषयमा र ब्यबसाहीक पत्रकारीताको मर्यादा कायम गर्न पत्रकारहरुको क्षमता अभिवृद्धिमा महासंघले जोड दिएर जाने छ भने ।
बदाई तथा शुभकाना आदान पदानकै क्रममा जिल्लाका राष्ट्रिय महत्वका आयोजनाहरु ९ बर्ष विति सक्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको सल्यानको सल्लिवजार र सुर्खेतको राकम विच पर्ने भेरी नदी पुल,उक्त नदीमा हाल एक हप्ता चल्ने दुई हप्ता विग्रिएर जाजरकोट वासीले खेप्नु परेको सास्ति,हाल सम्म सदरमुकाममा केन्द्रिय विद्युतलाईन प्रसारणहुन नसक्नु,नलसिंहगाढ मेघाप्रजेक्टको डिपीआरमा सरकारी पक्षवाट भईरहेको ढिलाई, जिल्लाको सदरमुकाममै नेटइन्टरनेटको भरपर्दो सुविधा नहुनु,सदरमुकालाई छुने केन्द्रिय मोटरवाटोको निर्माण कार्य सम्पन्न नहुदै भईरहेको ओटासिल उर्तिएर खाल्डाखुल्डी परिसकेको बिषयमा छलफल गरिएको थियो ।
प्रकाशित मिति:
March 24, 2014