काठमाडौं पत्रकार महासंघ अध्यक्षमा चौलागाई निर्वाचित

कांग्रेस निकट प्रेस युनियन, एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघ, नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ तथा स्वतन्त्र पत्रकारहरुको संयुक्त प्यानल रहेपनि अध्यक्षमा भने एमाले निकट चौतारीका चौलागाई विजयी भएका हुन् ।
आइतवार भएको निर्वाचनमा चौलागाईले संयुक्त प्यानलका प्रत्यासी दिनेश बस्नेतले पछि पारेका हुन् ।
त्यस्तै उपाध्यक्षमा पे्रस युनियनका सृजन झा, सचिवमा क्रान्तिकारी पत्रकार महासंघका रामकृष्ण अधिकारी, सह–सचिवमा ज्ञानप्रसाद बास्तोला विजयी भएका छिन् । यस्तै, कोषाध्यक्षमा पदका लागी भएको निर्वाचनमा सिता प्रोखेल विजयी भएकी छिन् ।
काठमाडौं शाखामा क्रान्तिकारी पत्रकार महासंघका केही व्यक्तिले संगठनको नीति विपरित चौतारीसँग मिलेर छुट्टै प्यानल बनाएपछि संयुक्त प्यानलमा त्यसको प्रभाव परेको हो । महासंघलाई चौतारीले सचिव तथा उपसचिव पद दिएपछि चुनावमा क्रान्तिकारी महासंघ विभाजित भएको थियो । उक्त समूहले संस्थापन पक्षले भने निष्काशन गरिसकेको छ ।
यता, नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् । न्यौपानेलाई क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ तथा ढकाललाई प्रेस चौतारी र प्रेस युनियन नेपालको समर्थन थियो । न्यौपानेकै प्यानलबाट उपाध्यक्षमा सागर न्यौपाने १ सय ३८, सचिवमा हिम विष्ट १ सय ८२ र कोषाध्यक्षमा दामोदर खनाल १ सय ५४ मतले विजयी भए ।
प्रकाशित मिति:
March 24, 2014