• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » परिवारले नमानेपछि यी जोडीद्धारा मञ्चमै विवाह
परिवारले नमानेपछि यी जोडीद्धारा मञ्चमै विवाह

२३ फागुन । 
संखुवासभा चैनपुर गाविस वडा नं. २ निवासी उमेश बराइली र सोही गाविस वडा नं. ३ निवासी रुपशना शाक्यबीच शुक्रबार अन्तरजाति विवाह कार्यक्रम सम्पन्न भएको छ । 

संवाद डबली आयोजित एक कार्यक्रममा बोल्दै बर र बधुले आफूले सोचविचार गरी राजीखुशीका साथ विवाह गरेकाले परिवारजन र समाजलाई जीवनमा अवरोध नगरिदिनहुन अनुरोध गरे । कार्यक्रमा बोल्दै बर बराइलीले भने, ‘हामी एक विना अर्को बाच्न नसक्ने भएकाले विवाह बन्धनमा बाधिने निधो गरेका हौँ, हामीलाई गर्नुहोस्’ । बधु रुपशना शाक्यले आफूलो लामो सोच विचार गरी आफ्नो भविश्यबारे निर्णय लिएको बताइन । 

उनले घरपरिवारलाई आग्रह भनिन् ‘जातिय छुवाछुतमा मैले विश्वास गर्दिन, मैले गरेको निर्णयमा अवरोध भएमा मेरो जीवन नै बर्बाद हुन्छ, मेरो जीवनाको लागि पनि सहयोग गरिदिनुस् ।’ शाक्यको परिवारले उनीहरुबीचको विवाहलाई अस्वीकार गर्दै आएका थिए । बर र बधु दुवैले आफ्नो जीवना विवाहसँगै जोडिएको भन्दै रक्षाको लागि सरोकारवाला सबैसँग अनुरोध गरे । 

कार्यक्रमपछि छोटो प्रतिक्रिया दिदै बर–बधुले आफूहरु जस्तो सुकै चुनौती तथा अवरोधको सामना गर्न पनि तयार रहेको बताए । उनीहरुले छुवाछुत र अन्धविश्वासमा नपर्न युवा पुस्तालाई आग्रह गनि गरे । आफ्नो भविश्यबारे आफूले सही निर्णय लिएकाले घरपरिवारलाई स्वीकार गरिदिनहुन बधु शाक्यले अनुरोध गरिन । २३ वर्षिय बर बराइली र २२ वर्षिय बधु शाक्यले आफूहरु दुई बर्ष पहिलेदेखि प्रेम सम्बन्ध रहेको पनि विवाह कार्यक्रममा बाताएका थिए । 

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक तीलक परिवार, दलित अगुवा दुर्गा सोप लगायतले वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा समन्वय गरिरहेका पत्रकार तथा दलित अगुवा पदम विश्वकर्मालाई विवाह कार्यक्रममा जादै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति: March 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |