अप्रिल एकमा रणवीर–कट्रिनाको सुटुक्क श्रीलंकामा बिहे
चैत्र । बलिउड नायक नायिका रणवीर कपुर र कट्रिना कैफको बिहेको प्रसंग बेला बखत उठ्दै आएपनि मंगलबार भने उनीहरुले सुटुक्कै बिहे गरेको खबर भारतीय मिडियाहरुले छापेका छन् ।
सन् २०१५को अन्त्यसम्म यो जोडी बिबाह बन्धनमा बाँधिन लागेको चर्चा चलिरहेको अवस्थामा बलिउड मिडियाले भने मंगलबार नै यो जोडीको बिहे गरिदिए । अप्रिल फूलको दिन अर्थात मंगलबार बिहानदैखि केही बलिउड मिडियाले उनीहरुले सुटुक्क श्रीलंकामा बिबाह गरेको खबर छापेपछि यो विषयले सनसनी नै मच्चायो ।
कट्रिनाकी बहिनीको ट्वीटरको हवाला दिंदै ती संचारमाध्यमले बिबाहको खबर छापेपछि धेरै पाठकहरुले त उक्त खबरलाई सेयर र ट्विट गरेका थिए । कतिपय मिडियाहरुले भने पुनः प्रकाशन प्रसारण समेत गरे । तर, खासमा भने यो जोडीको बिहे भने भएको थिएन । बलिउड मिडियाहरुले अप्रिल फुलमा पाठकलाई मूर्ख बनाउन यस्तो गरेका थिए ।
प्रकाशित मिति:
April 02, 2014