सिटिजन बैंकको नाफा ३३ प्रतिशतले वृद्धि
सिटिजन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले त्रैमासमा ३० करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
व्याज आम्दानीमा झिनो वृद्धि भए पनि बैदेशिक विनिमयबाट राम्रो नाफा कमाएसँगै बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो । गत वर्षको चैत मसान्तमा अवधिमा ७५ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले यो चैतमसान्तमा ७७ करोड ५७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।
त्यसैगरी गत वर्षको चैतमा बैदेशिक विनियम करोबारबाट जम्मा ५७ लाख रुपैयाँ मात्रै कमाएको बैंकले यो वर्ष यस्तो कारोबारबाट ७ करोड ८७ लाख रुपैयाँ कमाएको छ । जोखिम व्यवस्थापनका लागि छुट्याएको ६ करोड ४५ लाख रुपैयाँ फिर्ता (राइट व्याक) गरेको छ ।
यस अवधिमा बैंकले २५ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा २।३९ प्रतिशत छ । गत वर्षको यसै अवधिमा खराब कर्जा २।४५ प्रतिशत थियो ।
बैंकको प्रतिसेयर आम्दानी १९.२९, मूल्य आम्दानी अनुपात २२.५० र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ रहेको अज प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति:
April 20, 2014