गृहमन्त्री गौतमले भने, 'मुख्य सचिव परिवर्तन गर्ने हल्ला निराधार हो'

कसैको चरित्र हत्या गर्ने किसिमले त्यस्तो प्रचार गरिएको भन्दै गौतमले आपत्ती समेत जनाएका छन् ।
अहिले मुख्य सचिव परिवर्तन गर्न जरुरी नभएको भन्दै उनले गृहमन्त्रीले मुख्य सचिव परिवर्तन गर्दैछ भन्ने हल्ला गराइएको उल्लेख गरे ।
धुलिखेलमा आयोजना गरिएको मध्यमाञ्चल सुरक्षा भेलालाई सम्बोधन गर्न त्यहाँ पुगेका गौतमले अहिलेको प्रहरी नियमावलीले एआईजी बढुवामा समस्या आएको भन्दै अब छिट्टै उपयुक्त विधि र प्रक्रिया अपनाएर बढुवालाई कार्यान्वयन गरिने पनि बताए ।
प्रकाशित मिति:
July 25, 2014