वाणिज्य संघको चुनावले तातिए जाजरकोटका व्यापारीहरु
हेलो खवर सम्वाददाता
जाजरकोट १० साउन । साउन १५ गते हुने जाजरकोट उधोग वाणिज्य संघको चुनावको मिति नजिकिदै गएपछि जाजरकोटका व्यापारीहरुमा चुनावी रन्कोले तताएको छ । आन्तरिक विवादका कारण दुइ वर्ष ढिलो गरि हुन लागेको संघको साधारण सभा साउन १४ र १५ गते हुने भएप्छि यति वेला व्यापारीहरु चुनावी माहोल वनाउन व्यस्त देखिएका हुन ।
जाजरकोट १० साउन । साउन १५ गते हुने जाजरकोट उधोग वाणिज्य संघको चुनावको मिति नजिकिदै गएपछि जाजरकोटका व्यापारीहरुमा चुनावी रन्कोले तताएको छ । आन्तरिक विवादका कारण दुइ वर्ष ढिलो गरि हुन लागेको संघको साधारण सभा साउन १४ र १५ गते हुने भएप्छि यति वेला व्यापारीहरु चुनावी माहोल वनाउन व्यस्त देखिएका हुन ।
नेतृत्व हत्याउन यति वेला व्यापारीहरु आफना आफना पार्टीका नेता र पार्टी कार्यालयहरुमा धाउन थालेका छन् । चुनाव व्यापारीको भएपनि पार्टीको वैठकमा निर्णय गराएर उम्मेदवारी घोषणा तथा माहोल निर्माणमा उनीहरु लागि परेका छन् ।
उम्मेदवारी छनोट र मतसंख्याको जोड घटाउमा शनिवार देखि व्यापारीहरु निकै सक्रिय भएर लागेका छन् । साउन ७ गते सम्म पुराना सदस्यहरुको सदस्यता नवीकरणको मिति निर्वाचन मण्डलले तोकेपछि चुप लागेका व्यापारीहरु यति वेला दलको चुनाव जस्तो गरि व्यस्त हुन थालेका छन् ।
अहिले सम्म नेपाली काँग्रेस निकट व्यापारीहरु र एमाले निकट व्यापारीहरुले अध्यक्षको नाम घोषणा गरिसकेका छन् भने एमाओवादी र राप्रपा भने गठवन्धनको जोड घटाउको कसरताम व्यस्त रहेका छन् । वैद्य माओवादी निकटका व्यापारीहरु भने आफुलाइ अध्यक्ष दिने समुहको खोजीमा रहेका छन् ।
नेकपा माओवादी निकट व्यापारीको तर्फवाट अध्यक्षको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका भद्रवहादुर वलीले कुन पक्षसंग तालमेल गरेर जाने भन्ने वारे निर्णय नभै सकेको भएता पनि यसवारेमा सबै व्यापारीहरुसंग छलफल भइरहेको वताए ।
काँग्रेस एमाले वाहेकको गठवन्धनका तर्फवाट निवर्तमान अध्यक्ष कमानवहादुर खड्काको नाम चर्चामा आएपनि औपचारीक रुपमा घोषणा भने हुने नसकेको खलंगा २ ठाँटीवजारका व्यापारी गणेशवहादुर थापाले वताए । उनले सम्भावित उम्मेदवारहरु आफनो पक्षमा मत वटुल्न निकै सक्रिय भएर लागेको वताए । नेपाली काँग्रेसका व्यापारीहरुको वैठकले भुमिलाल रोकायलाइ अध्यक्षमा उठाउने निर्णय गरेका छन् भने एमाले निकट व्यापारीहरुले मुकुन्द शर्मालाइ अध्यक्षमा उठाउने निर्णय गरेका छन् ।
जाजरकोट उध्योग वाणिज्य संघको १५ गते हुने चुनावका लागि ५ सय १३ मतदाताहरु रहेकोमा छानवीन पछि ४ सय ९९ मतदाताहरुको अन्तिम सुची तयार भएको निर्वाचन समितीका संयोजक तेजविक्रम शाहले वताए । उनका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सदस्यहरु मध्य सवैभन्दा वढी काँग्रेस निकट र दोस्रोमा एमाले निकटका सदस्यहरु रहेको वताइएको छ ।
एमाले र काँग्रेसले आफना तर्फवाट उम्मेदवार खडा गरिसकेको हुनाले तेस्रो गठवन्धन पनि शसक्त रहेको वताइएको छ । नेपाली काँग्रेसले नेता वेदराज सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति वनाएर अन्य दल निकट व्यापारीहरुसंग तालमेलको प्रयास अघि वढाएको छ । एमालेका तर्फवाट पनि तालमेलका लागि प्रयास गरिएको एमाले निकट व्यापारी तप्तवहादु हमालले वताए ।
विगतमा काँग्रेसका व्यापारीहरुलाइ एक्लो वनाएर निवर्तमान अध्यक्षलाइ समर्थन गरिरहेका एमालेका व्यापारीहरले यस पटक आफनै उम्मेदवारी घोषणा गरि सकेका र अन्य पाटी निकटका ब्यापारीहरुले पनि उम्मेदवारी घोषणा गर्ने पक्का भएपछि निर्वाचनमा कडा प्रतिस्पर्दा हुन सक्ने देखिएको छ ।
प्रकाशित मिति:
July 26, 2014