सेटिङमा अवालेको सेयर चलखेल, कुनमा कति छ त सेयर ?
एनएमबी बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको झण्डै दुई वर्ष पुग्न लाग्दा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र नेप्सेका महाप्रबन्धक सीताराम थपलिया लगायतका नियमनकारी निकायका अधिकारीहरुसँगको मिलेमतोमा कुनै कारबाही नभएको खुलासा भएको छ । एनएमबी बैंकले मनकामना मनी एक्सप्रेसका सञ्चालक अवालेविरुद्ध २०६९ माघ २६ गते ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको थियो । त्यसको मुद्दा नम्बर २८० थियो । मनकामना मनी एक्सप्रेसका सञ्चालकहरु बालकृष्ण अवाले, भीमप्रसाद शेरचन र श्रीमती इन्दिरा शेरचनलाई राष्ट्र बैंकले २०६९ कात्तिक १९ गतेकै दिन कालोसूचीमा राखेको थियो । त्यसको सिरियल नम्बर २५०५ र कालोसूची नम्बर ४४२६ रहेको छ । यो मनकामना मनी एक्सप्रेसको कालोसूचीको विवरण हो । अवालेको व्यक्तिगत विवरण अर्कै छ । अवालेको कालोसूची नम्बर ५३६७ हो । उनी २०७० साल चैत ११ गते कालोसूचीमा परेका थिए । त्यसको सिरियल नम्बर ३३७६ हो ।
कालोसूचीमा परेका अवालेले निर्बाध रुपमा सेयर कारोबार गरिरहेका छन् । उनले अचल सम्पत्तिको पनि निर्बाध कारोबार गरिरहेका छन् । एनएमबी बैंकको १२ करोड रुपैयाँ प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलसँगको मिलेमतोमा घोटाला गरेका अवालेको विभिन्न बैंक तथा वित्तीय संस्थामा मात्रै ४० करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर रहेको छ । राष्ट्र बैंकले उनलाई कालोसूचीमा राखेपछि नेप्सेले सबै ‘लिष्टेड’ कम्पनी र मालपोत नियमनकारी निकायहरुमा अवालेसँग सम्बद्ध घर जग्गादेखि सेयर कारोबार रोक्नुपर्ने थियो । तर, त्यस्तो भएको छैन । नेप्सेले कारोबार रोक्का गर्ने पत्र जानी–जानी केही ब्रोकर कम्पनीहरुमा पठाएर ठूलो बदमासी गरेको छ । आर्थिक दैनिकले फोटो छापेकोमा रुष्ट बनेका नेप्सेका महाप्रबन्धक सीताराम थपलिया र आफ्नो फोटो नछापेकोमा सगौरव दुःखेसो गर्दै हिँडेका प्रबन्धक शम्भु पन्तले अवालेको सेयर कारोबार नरोकेर आफ्नो दुनो सोझ्याउँदै आएका छन् । अवाले आपूmलाई नेपाली सेयर बजारको ठूलो खेलाडी भन्न रुचाउँछन् र ठूलो रुखको ओत लागेर बस्ने बानी परेका नेप्सेका चरुवा महाप्रबन्धक थपलियाले पनि अवालेको छहारीमुनि आफूलाई सुरक्षित ठान्दै आएका छन् ।
२०६९ माघ २६ गतेदेखि रोकिनुपर्ने अवालेको कारोबार किन रोकिएन भन्ने जवाफ थपलिया र पन्तसँग छैन । अवालेसँगको सेटिङ काण्डलाई दबाउन उनीहरुले नियोजित रुपमा घटनाक्रमलाई अन्यत्र मोड्न अरु कम्पनीहरुलाई कारबाही गर्ने धम्की दिएर तर्साउँदै आएका छन् । ऋण असुली न्यायाधिकरणमा उजुरी परेपछिको पत्राचार कहाँ हरायो भन्ने कुराको जवाफ दिन एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलदेखि सत्ताको खोल ओढेर हिँड्ने बानी परेका नेप्सेका महाप्रबन्धक थपलियासम्म कोही पनि तयार छैनन् ।
अवालेको सेयर कहा कति ?
स्ट्याण्डर्ड चार्टर्ड बैंक २६७५ कित्ता
चिलिमे १४१३७३ कित्ता
बुटवल पावर कम्पनी २१९८० कित्ता
एनआईसी एसिया बैंक २१४१४ कित्ता
हिमालयन बैंक ३३८३ कित्ता
एभरेष्ट बैंक ४४३७ कित्ता
युनिलिभर नेपाल ६३० कित्ता
एनएमबी बैंक ४१४१० कित्ता
सिटिजन्स बैंक ४९२० कित्ता
सनराइज बैंक ४६५२ कित्ता
सुर्या लाइफ ४९०० कित्ता
तत्कालीन प्रभु विकास बैंक ५२७०४ कित्ता
- आर्थिक दैनिकबाट

प्रकाशित मिति:
September 23, 2014