राउटे दाई तपाइहरु जुगाँ, दाह्री र नङ केले काट्नुहुन्छ ?
भदौ २९ । आफ्ना जनता का लागि खाद्यान्न जोहो गर्न गत सोमबार दैलेखको घोडाबास जगंलबाट सुर्खेत हुदै राजधानी आइपुगेका चार जना राउटेलाई शनिबार कलंकीस्थित एलआरआई उच्च माविको भ्रमणमा पुगेकाबेला विद्यार्थीहरुले सोधे । राउटे दाई तपाइहरु जुगाँ, दाह्री र नङ केले काट्नुहुन्छ ?
विद्यार्थीको प्रश्नमा मुखिया सुर्जेनारायण शाहीले माइक्रोफोनबाट बोल्दै भने, बासुलोरबन्चरोले दाह्री ताछ्म्म । नङ काट्छम्म, यो जवाफले आश्चार्यचकित बने विद्यार्थी । मुखियाले यसै प्रश्नमा उत्तर थपे, अहिले केहीले दाह्री काट्न ब्लेट र नङकाटो पनि चलाउछन तर बासुलो र बन्चरो छाडीसकेका छैनौ, त्यही सजिलो लाग्छ। । पुर्खादेखी चलेको ।
मोबाइल तथा घडी र तमाखु लिनुपरे कुन छान्नुहुन्छ रुु राउटे लाई विद्यार्थीहरुबाट अर्को प्रश्न सोधियो । उत्तरमा राउटे मुखियाले भने, तपाईको मोबाइल घडीले के गर्ने त्यो तपाई नै राख्नुहोस तमाखु भए लैजाउला, स्कुलको हलमा भेला भएका विद्यार्थीहरु मुखियाको जवाफले चकित पर्दै हाँसे । हामीलाई मोबाइल, घडीको के काम ? पिता पुर्खाले नगरेको काम हामी गर्दैनौ । तखामु हाम्रो अम्मल हो । तपाईहरु खुसी भएर तमाखु, सुर्ती दिनुहुन्छ भने लिइदिम्ला ।
कबिलामा बस्न नरुचाउने फिरन्ते राउटे को जवाफले एलआरआईका मात्र नभई त्यहा भैरहेको उपत्यकाव्यापी बासकेटबल प्रतियोगीतामा आएका राजधानीका अरु विद्यालयका विद्यार्थी पनि चकित परे । शनिबार एलआरआई स्कुलमा राउटे समुदाय र विद्यार्थीबिच भएको दोहोरो अन्र्तक्रिया जति रोचक सुनिन्थ्यो । कान्तिपुरमा खबर छापिएको छ । तस्बीरः फाइल

प्रकाशित मिति:
September 14, 2014