दसैँका लागि तीन हजार चार सय खसी, बोका ल्याउने नेपाल खाद्य संस्थानको तयारी
काठमाडौँ, १ असोज । नेपाल खाद्य संस्थानले दसैँमा उपत्यकावासीका लागि तीन हजार ४ सय खसी, बोका ल्याउने तयारी गरेको छ ।
संस्थानअन्तर्गतका कार्यालयहरूले कृषकहरूसित खसी, बोका सङ्कलन गर्ने कार्य सुरु गरिसकेको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले जानकारी दिए ।
महाप्रबन्धक श्रेष्ठले यस वर्ष हिमाली जिल्लाका उत्पादनहरू पनि संस्थानले किन्ने तयारी गरेको जानकारी सञ्चारकर्मीलाई दिए ।
आयात गरिएका खसी, बोका संस्थानको थापाथलीस्थित कार्यालयबाट बिक्री वितरण हुने बताइएको छ

प्रकाशित मिति:
September 17, 2014