काठमाडौको बाङ्गेमुडामा आगलागी ६ जना घाइते
काठमाडौं÷असोज २ , काठमाडौको व्यस्त ठाउँ बाङ्गेमुडामा आज आगलागि हुँदा ६ जना घाइते हुनुको साथै ४ घर जलेर ध्वस्त भएका छन । विहान ९ बजे लागेको आगो दिउँसो २ बजे मात्र नियन्त्रणमा आएको थियो । त्यहाँ स्थित एउटा झोला कारखानाबाट आगलागि सुरु भएको थियो ।
उक्त झोला कारखानामा कोइला वाली रहेको र त्यसैबाट आगलागि सुरु भएको स्थानीयले बताए । आगलागि भएपछि आत्तिएर झ्यालबाट हाम फाल्दा ४ जना र आगोले पोलेर २ जना घाइते भएको एक प्रत्यक्षदर्शी सङ्गीता रुपाखेती ले बताईन । घाइते सबैलाई उपचारका लागि वीर हस्पिटल लगिएको छ । कति क्षति भयो भन्ने कुरा एकीन नभए पनि झण्डै एक करोड बराबरको क्षती भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
September 18, 2014