मन्त्रालयहरुको लेटरप्याडमा अब नेपाल सम्वत्
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई लिएर आन्दोलन, हडताल र तोडफोडमा नउत्रन सबैसँग आग्रह गरेका छन् ।
नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा आज वसन्तपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सबैको भाषा, संस्कृति र धर्मलाई सुरक्षित राख्ने समावेशी र सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने विश्वास दिलाए ।
संविधान जारी हुनेमा अब पनि शङ्का र सशंय नगर्न सुझाव दिँदै उनले भने, “दलहरुबीच वार्ता चलिरहेको छ, सहमतिका लागि पूरा कोसिस भइरहेको छ, सङ्घीयतामा जाँदा कति प्रदेश राख्ने तथा शासन व्यवस्था कस्तो हुने भन्नेमा झगडा गर्नुको कुनै अर्थ रहन्न, शक्ति पृथकीकरणको सिद्धान्त अपनाएपछि त्यसले कसैलाई पनि तानाशाही बनाउन दिँदैन ।”
नेपाल सम्वत्को प्रचारप्रसार गर्ने तथा शङ्खधरको नाममा प्रतिष्ठान खोल्ने काममा सहयोग पु¥याउन सरकार गम्भीर रहेको बताउँदै उनले भनेका छन् – “मन्त्रालयहरुको लेटरप्याडमा अब नेपाल सम्वत् अङ्कित हुनुपर्छ ।”

प्रकाशित मिति:
October 24, 2014